
चन्दन यादव,कटहरिया, ०३ गते चैत ।
रौतहटको यमुनामाई गाँउपालिकामा कर्मचारीको असामयिक निधन भएपछि पालिकाभरी शोक बिदा दिइएको छ । गाँउपालिकाले आज एउटा सुचना जारी गर्दै सहायकस्तर पाचौँ (नायब सुब्बा) हृदय नारायण यादवको असामयिक निधन भएकोले आज शोक विदा दिएको हो ।
२०८१ चैत १ गते शुक्रवार होली पर्वका दिन असामयिक रुपामा स्वर्गारोहण भएकोले निज दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै परिवारजनप्रति यमुनामाई गाँउपालिका गहिरो सम्वेदना प्रकट गरेको सुचना मार्फत जनाएको छ ।
गाँउपालिकाका अध्यक्ष महमद सउद द्वारा जारी सूचनामा यादवको निधनमा गहिरो दुःख व्यक्त गर्दै यमुनामाई गाँउपालिकामा आज गाउँपालिका र यस गाउँपालिका कार्यालयको मातहतको विधालय बाहेक वडा कार्यालय, स्वास्थ्य संस्था लगायत सम्पुर्ण कार्यालयहरु पुर्ण रुपमा बन्द रहने प्रकाशित सुचना बाट जानकारी गराइएको छ ।
साथै कार्यालय बन्दको कारण सेवाग्राहीमा पर्न जाने असुविधा प्रति यमुनामाई गाँउपालिका क्षमा याचना समेत गरेको छ ।
