
उमेश साह,सप्तरी,०३ गते चैत ।
बोदे बर्साईन । सप्तरीको कल्याणपुर हुँदै बनौंली देखि हुलाकी सडक सम्म मिल्ने २ लेनको बाटो समयमै निर्माण नहुदा धुलोको कारण स्वास्थ्यमा असर परेको भन्दै सडक निर्माण आसपास बसोबास गर्नेहरु आन्दोलित बनेका छन् । दैनिक सयौं सवारी साधन ओहोरदोहोर हुने यस खण्डमा सडक निर्माण गर्ने क्रम जारी नरहदा धुलाको कारण स्वास्थ्यमा असर पुगेको भन्दै उनीहरुले खडक नगरपालिका – १० फुलबडियाको मुख्य सडकमा ढाड राखेर सवारी आजावतमा रोक लगाएका छन् ।
उनीहरुल निमार्ण कम्पनीले समयमा काम नसक्दा सडक खण्डमा धुुलो भएकोले आफूहरुका दिनचर्यामासमेत असर परेको भन्र्दै सडकमा स्थानीयले एक घण्टा मुख्य सडक अबरोध गरेका छन् । हरेक दिन दैनिक सयौंको संख्यामा सवारी साधन आवात जाबत गर्ने सडक भत्काएर पूर्न सड्क निमार्ण गर्न कुनै निकायले चासो नदिएको भन्र्दै स्थानीयले सडक अबरोध गरेको बताएका छन् ।
स्थानीयहरुले सडकको केहि खाल्डाखुल्डीमा दुर्घटना समेत हुनसक्ने सम्भावना रहेको हुदा पनि सम्बन्धित पक्षको ध्यान नगएको आरोप लगाएका छन् । कल्याणपुर देखि बनौंलीको मुख्य सडकमा दैनिक एज जना को सडक राम्रो नहुदा दुर्घटना समेत बढ्नुको साथै धुवाधुलो उडेर जनजिवन प्रभाबित भएको गुनासो गरेका छन ।
सडक भत्केको कारण त्यहाँबाट उठेको धुवा धुलोका कारण घर तथा व्यवसाय गर्न अतिनै मुस्किल भएको र बाध्य भएर सडक अबरुद्ध गर्नुपरेको स्थानीय ध्रुब साहले गुनासो पोखे । उनले भने–‘सडक समयमा नबन्दा धुलो धुवाले व्यापार छैन, स्वास्थ्यमा समेत असर पुगेको छ, निर्माण कार्य गर्न किन यति ढिलाई ?’ लगभग १८ किलो मिटर रहेको सडकमा केही ठाउँ बिस्तार गर्न बाकी रहेको र धुलो नियन्त्रण गर्न कुनै कसैले पनि चासो नदिएको कारण फुल्बडिया आसपासको स्थानीय ब्यापार व्यवसायलाई दैनिक असर पुगेको स्थानीय बताउछन् ।
स्थानीय बासी इन्जिनियर सरोज साहले भने–‘सडक निर्माण कार्य ढिलो भएकै हो, चाडो निर्माणका लागि पहल गर्ने स्थानीय सरकार संघ आग्रह गर्द्छु ।’ यो सडकमा दैनिक सयौं सवारी साधन आवतजात हुने गरेको छ । निर्माण कार्य चाडो गर्न उनीहरुले माग समेत गरेका छन् ।
