<

चन्दन यादव,कटहरिया, ०३ गते चैत ।

युवा खेलाडीहरूलाई हौसला बढाउन र वडाको नाम उच्चस्तरीय स्थानमा पुर्याउन खेल सामाग्री हस्तान्तरण खेलाडीहरूलाइ गरिएको हो । जसपा नेपालका युवा बिधार्थी तथा खेलकुद विभागका सदस्य एवं बौधिमाई नगरपालिका वडा नम्बर ५ कोपवाका वडा अध्यक्ष प्रत्यासी युवा नेता विवेक कुमार यादवले खेलाडीहरुको हौसला बढाउन र वडाको नाम उच्च स्थानमा पु¥याउने हिसाबले सो सामाग्रीहरु दिएका हुन् ।

अहिलेको युगका युवाहरुले बढि क्रिकेट खेलमा धेरै भन्दा धेरै रुचि राखिरहेकोले वडा अध्यक्ष प्रत्यासी युवा नेता यादवले मुल्यांकन गर्दै खेलको वातावरण बनाउने उदेश्यले हस्तान्तरण गरेका हुन् ।

क्रिकेट खेललाई विश्व भरि रूचाउने र आक्रशित गर्ने वातावरण भइसकेकोले युवा वर्गहरू पनि क्रिकेटमै केही राम्रो गरौँ भनेर क्रिकेट खेललाई मुख्य खेलको रूपमा खेल्दै आइरहेको यादवले बताएको हो । आफनो वडाको खेलाडीहरुले आफनो वडाको लागी केहि राम्रो गरोस भनेर साथ सहयोग गरी आगाडी बढाइरहेको यादवको भनाई रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0