<
आरके श्रीवास्तव,रौतहट,२६ गते असोज ।
राष्ट्रिय दलित पत्रकार संघ रौतहटको शुभकामना आदानप्रदान कार्यक्रम आज सम्पन्न भएको छ । जिल्लाको वृन्दावन नगरपालिका वडा नम्बर ८ बहुअरी स्थित रहेको दलित धर्मशालामा हिन्दु धर्मावलम्बीहरुको महान पर्व विजया दशमी, शुभ दिपावली,छठ तथा तिहारको पावन अवसरमा सो कार्यक्रम आयोजन गरिएको हो ।
संघका जिल्ला अध्यक्ष राजेश पासवान निर्माणीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथीको रुपमा मुस्लिम इतिहाद संगठनका मधेश प्रदेश अध्यक्ष सलामोदिन दर्जी रहनु भएको थियो । लोकतन्त्रको मूल आधार,समान सहभागिता र विभेदमुक्त समाज,अभिव्यक्ती स्वतन्त्रता र मर्यादित पत्रकारिता हाम्रो अवाज भन्ने मूल नाराका साथ गठन भएको संघे पछिल्लो समय रौतहटमा आफनो सक्रियता बढाएको छ ।
विभिन्न समयमा बैठक देखि लिएर शुभकामना आदानप्रदान लगायताका कार्यक्रमहरु गर्दै आएको छ । पासवानको अध्यक्षतामा गठित हलको कार्यसमितिले कामलाइ तिव्रता दिएको छ ।
नेकपा एकिकृत समाजवादीका यूवा नेता एवम् कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका दर्जीले पत्रकारहरुलाइ निडर,निर्भिक भएर कलम चलाउन आग्रह गरेका छन् ।
पत्रकारहरुलाइ आफनो कलम बन्द नगरी न्यायको साथमा लेख्न र अन्यायको खिलाफमा लेख्न अनुुरोध गरे । आफनो कर्तव्य निर्वाह गर्ने क्रममा विभिन्न बाधा अवरोधहरु आउन सक्छ । त्यसबाट एक इन्च पछाडी नहटन सुझाव दिएका छन् ।
त्यस्तै कार्यक्रमका विशिष्ट अतिथी बज्जिकाञ्चल दैनिकका सञ्चालक आरके श्रीवास्तवले दलित पत्रकारहरु लाइ आफनो पत्रिकाले सदैव अवसर दिने गरेको र आउने दिन अझै अवसरहरु प्रदान गर्ने र दलितको मुद्धामा अझ सशक्त रुपमा कलम चलाउने प्रतिबद्धता जनाएका छन् । वर्तमान कार्यसमितिले देखाएको सक्रियताको सराहना समेत गरे ।
त्यसैगरी कार्यक्रमलाइ समापन गर्नु हुँदै संघका जिल्ला अध्यक्ष पासवानले यस्ता कार्यक्रमहरु मात्र शुभकामना आदनप्रदान गर्ने उदेश्यले आयोजन गरिएको होइन् ? मूलरुपमा समाजमा कसरी परिवर्तन ल्याउन सकिन्छ ? त्यसमा आधारित रहेर कलम चलाउन र पत्रकारिता गर्न आग्रह गरेका छन् । दलितमाथि भइरहेको अन्याय,अत्याचार र विभेद लगायका विषयमा आफूले कलम चलाउँदै र अवाज उठाउँदै आएको स्मरण गराउँदै उपस्थित दलित पत्रकारहरुलाइ ति पिडितहरुको पक्षमा खम्बाको रुपमा खडा रहन आग्रह गरे । साथै उनले आफू मर्यादामा रहेर पत्रकारिता गर्न पनि सुझाव दिए । जथाभावी रुपमा सामाजिक संजालमा नलेख्न आग्रह गरे । आफू आठ वर्ष पत्रकारिता छोडेर पुनः पत्रकारिता क्षेत्र सक्रिय रुपमा काम गरिरहेको र यसैको देन हो कि आज मलाइ लाखौं मान्छेहरुले चिनिरहेका छन् । त्यसैले पत्रकारितामा पनि भविष्य छ । यदि राम्रो सँग पत्रकारिता गर्नु भयो भने यसमा पनि धेरै अवसरहरु छन् । र ति अवसरहरु दिलाउन म भरपूर प्रयास गर्ने छु । कार्यक्रममा सञ्चालकको रुपमा पत्रकार द्घय प्रदिप दास र रमेश यादव रहेका थिए । कार्यक्रममा उपस्थित दलित पत्रकारहरु का साथै जेष्ठ नागरिकहरू र अतिथीहरु लाइ मधेशको शान गमछा ओढाएर सम्मान गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1