
आरके श्रीवास्तव,राैतहट,०३ गते चैत ।
तराई मधेसका किसानलाई अहिले व्यस्तता बढेकाे छ । उनीहरू अहिले ताेरीबाली भित्र्याउन व्यस्त देखिन्छन् । खेतखेतमा जताततै तेहलन बाली ताेरी र सरसाे उखारी रहेको देखन सकिन्छ ।
ताेरी र सरसाे मसुरो सँग लगाउने प्रचलन बढी रहेको पाइन्छ । यसलाई भिन्दै खेती गरेको थाेरै पाईन्छ । रौतहटमा ताेरी बाली मिश्रित तथा घुसुवा बालीको रूपमा लगाइन्छ ।
कृषि ज्ञान केन्द्र राैतहटका अर्थ विज्ञ विपलव कुमार गुप्ताले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०८०/८१ मा १२ हजार ३ सय पचास हेक्टर क्षेत्रफलमा ताेरी बाली खेती भएको थियो । जसमा ९ हजार १ सय ८० मेट्रिक टन ताेरीबाली उत्पादन भएको थियो ।
अर्थ विज्ञ गुप्ताका अनुसार चालु आर्थिक वर्ष २०८१/०८२ मा ११ हजार ४ सय हेक्टर क्षेत्रफलमा ताेरी खेती भएको छ भने ९ हजार मेट्रिक टन ताेरीबाली उत्पादन हुने अनुमान गरिएको छ ।
उनका अनुसार पानि जम्ने ठाउँ बाहेक रौतहट भरिनै यसको खेती मिश्रित तथा घुसुवा बालीको रूपमा गरिने गरिन्छ ।
अहिले तोरी भित्राउने समय रहेकोले ७५% पाकिसकेपछी होसियारपुर्पक काटेर सुकाउनु गुप्ताले सुझाएका छन् ।
तोरीको गेडालाइ ५-७ दिन घाममा सुकाएर भण्डारण गर्न पनि सल्लाह दिएका छन् । लामो समयसम्म भण्डारण गर्दा ९ प्रतिशत भन्दा कम चिस्यान हुनेगरी भण्डार गर्नपनि उनी सुझाउँछन् ।
