
राकेश यादव,राैतहट, ३ गते चैत ।
राैतहट । नागरिक समाज रौतहटको आब्हानमा बसेको सर्बपक्षीय बैठकले बिबादित गौर राइस एण्ड फ्लोर मिल्स लिमिटेडको जग्गाको अधिग्रहणको प्रक्रिया टुंगोमा पुर्याउने निर्णय गरेका छन्।
बिगत केहि दिन देखि गौर राइस मिलको बिषयमा आन्दोलन भै रहेको अवस्थामा नागरिक समाजको अगुवाईमा बिबादित बिषयको निष्कर्षमा पुर्याउन सम्पूर्ण जग्गा अधिग्रहण गरी गौर नगरपालिकाको नाउमा ल्याउने निष्कर्ष निकाल्दै अधिग्रहण प्रक्रिया अगाडी बढाउनलाइ नगरपालिकालाइ ज्ञापन पत्र बुझाएका हुन।
नागरिक समाजका अध्यक्ष जगरनाथ प्रसाद केसरीको नेतृत्वमा राजनीतिक दलका प्रतिनिधि सहितको गएको टोलीले नगर प्रमुख शम्भु साहलाइ बुझाएको ज्ञापन पत्रमा २ बिगाहा १५ कट्ठा निशुल्क रुपमा लिने भनि नगरपालिकाको निर्णय बदर गरी सम्पूर्ण जग्गा सार्बजनिक हितको निमित्त अधिग्रहण गर्नु पर्ने प्रक्रिया अविलम्भ बढाउनु पर्ने माग गरिएको छ।
नगरबासीको चाहना सम्पूर्ण जग्गा गौर नगरपालिकाको नाउमा आउनु पर्ने भएकोले सोहि अनुसार कार्य गर्न अनुरोध गरिएको अध्यक्ष केसरीले बताएका छन्।
बर्षौ देखि खेलकुदको मैदानको रुपमा प्रयोग हुदै आएको गौर राइस मिलको जग्गाको बिक्रि प्रयोजनको लागि गरिएको मुद्दा फिर्ता लिएर सर्व पक्षीय, सर्ब दलिय बैठक आब्हान गरी स्रोत व्यवस्थापन गराउनलाइ संघीय सरकार प्रदेश सरकार तथा स्थानीय सरकारलाइ दवाव सृजना गर्ने समेत ज्ञापन पत्रमा उल्लेख गरिएको नेकपा एकिकृत समाजवादी पार्टीका नेता रेवन्त झाले बताए।
आन्दोलनले समस्या समाधान हुने नभएकोले सबैको सहमति सहकार्यमा निकास निकाल्नु पर्ने आवश्यकता माथि जोड दिदै यसको लागि सबैले बजेट व्यवस्थापन गराउन सक्रिय पहल गर्नु पर्ने धारणा राखे।
नागरिक समाजको बैठकले गौर राइस मिलको नाउमा दर्ता कायम रहेको ५ बिगाहा १९ कट्ठा १५ धुर जग्गाको मुल्यांकन गराई बजेट व्यवस्थापन गरी छिटो भन्दा छिटो अधिग्रहण गर्नु पर्ने निर्णय समेत गरेको छ।
बैठकमा पुर्ब प्रदेश सभा सदस्य बाबुलाल साह, नेपाली कांग्रेसका रौतहट जिल्ला कार्य समितिका सचिव राम चन्द्र गिरि, नेकपा माओवादीका प्रतिनिधि चन्देश्वर राउत, जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष श्याम बिहारी यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अनिल कुमार सिंह, समाजसेवी रामेश्वर प्रसाद यादव लागायतका बिभिन्न व्यक्तित्वहरू सहभागी भएको थियो।
