Oplus_131072
<

आरके श्रीवास्तव,रौतहट,०३ गते चैत ।
रौतहटको गरुडा नगरपालिका वडा नम्बर ७ मा रहेको दलित समुदाय भवनको पर्खाल निर्माण हुने भएको छ । जसको लागि आज गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनी जयसवालले शिलान्यास गर्नु भएको छ । सो पर्खाल निर्माण पश्चात् भवनको सुरक्षा र सौन्दर्य दुवै बढाउने नगर प्रमुख जयसवालले बताएका हुन् ।
मेयर जयसवालका अनुसार करिब रु. ५ लाखको लागतमा ५५ फिट लम्बाइ र ६ फिट उचाइ सहितको पर्खाल निर्माण हुनेछ । पर्खाल निर्माण कार्यको शिलान्यास गर्न पाउँदा आफू अत्यन्त हर्षित भएको मेयर जयसवालले प्रतिक्रिया दिनु भएको छ ।
गरुडा नगरपालिकाले सामाजिक समावेशिता र पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ । र यस क्षेत्रका हरेक समुदायको आवश्यकतालाई सम्बोधन गर्दै अघि बढिरहेको मेयर जयसवालको भनाइ छ ।
सबैको सहकार्य र समर्थनले नगरको समग्र विकासलाई नयाँ उचाइमा पु¥याउनेमा आफु आशावादी रहेको बताएका छन् । सो शिलान्यास कार्यक्रममा स्थानिय भद्रभलादमी,बुद्धिजिवी, समाजसेवी सहित सर्वसाधारणहरुको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0