
चन्दन यादव,राैतहट,१० गते फागुन ।
राैतहटकाे गरूडामा ‘बेमौसमी तरकारी खेती’ सम्बन्धी एक दिने तालिम सम्पन्न गरिएको छ । डिप्राेक्स लघुवित वित्तीय संस्था लिमिटेड शाखा कार्यालय गरूडामा आबद्ध सदस्यलाई
उक्त तालिम सञ्चालन गरिएको हो ।
संस्थामा जुटेका सदस्यहरुको क्षमता विकास तथा व्यवसाय प्रबर्द्धन सम्बन्धि आम्दानीमा बृद्धि गर्ने अभिप्रायले उक्त तालिम दिइएको डिप्राेक्स लघुवित गरूडाका शाखा प्रबन्धक दिनेश्वर साहले बताएका हुन् ।
महिलाहरुलाइ आत्मनिर्भर बनाउन र तालिम सिकेपछि जिविकाेपार्जन गर्न सहयोग पुगाेस् भन्ने उदेश्यले बेमौसमी तरकारी खेती तालिम दिइएको आयाेजकले बताएको हाे ।
डिप्राेक्स लघुवितमा आबद्ध ४५ महिला सदस्यलाई लक्ष्यित गरि सञ्चालन गरिएको तालिममा कृषि ज्ञान केन्द्र रौतहटका नि.प्रमुख सुरेन्द्र प्रसाद कुर्मीले तालिममा सहजीकरण गर्नु भएको थियोे ।
तालिमकाे प्रारम्भमा आयाेजन गरिएको उदघाटन सत्रकाे प्रमुख अतिथिकाे रूपमा गरूडा वडा नम्बर ३ का वडा अध्यक्ष अम्बिका सहनी रहनु भएको थियोे । भने विशिष्ट अतिथिकाे रूपमा संस्थाका मधेश प्रदेश कार्यालय प्रमुख जमिरी राय यादव रहनु भएको थियो ।
डिप्राेक्स लघुवित गरूडा शाखाका प्रबन्धक साहले आफूहरूले लगानी त गर्ने गरेकाछाैं । तर सिपकाे अभावमा उचित सदुपयाेग भईरहेकाे थिएन् । सीप सिकेर संस्थामा आबद्ध सदस्यले यसकाे फाईदा उठाउनेमा आफू विश्वस्त रहेकाे बताए । तालिमकाे माध्यमले सिकेका कुराहरू लाई व्यवहारमा उतारेर आयआर्जन बढाउने मद्दत पुग्ने छ ।
तालिमको अवसरमा संस्थामा आवद्ध सदस्य महिलाहरुको अलावा डिप्रोक्स लघुवित गरूडा शाखाका कर्मचारीहरुको सहभागिता रहेको थियो ।
