<

आरएन पटेल,रौतहट, २० गते माघ ।

राैतहट । मधेशी लगायत विभिन्न आरक्षण कोटा उपलब्धिमा जसपा नेपालको ठुलो भूमिका रहेको बौधिमाई नगरपालिकाको पूर्व मेयर राजीव रंजन उर्फ राजू यादवले दाबी गरेका छन। रौतहटको बौधिमाई नगरपालिका वडा नं. २ इनर्वामा जनता समाजवादी पार्टी नेपालको वडा कमिटी गठन तथा समाजवादी युवा संघ नेपालको नगर स्तरीय भेलालाई सम्बोधन गर्दै कार्यक्रमको प्रमुख वक्ता बौधिमाई नगरपालिकाको पूर्व मेयर राजीव रंजन यादवले समग्र मधेश र मधेशी समुदायको भविष्य सुनिश्चितता तथा हक अधिकार प्राप्तिको लागि जसपा नेपाल बाहेक अन्य केहि विकल्प नरहेको बताएका छन।

पालिकाको नगर कमिटि अध्यक्ष हृदय नारायण राय यादवको अध्यक्षतामा शनिबार वडा नं.२ मा जसपा नेपालको वडा कमिटिको तथा समाजवादी युवा संघ नेपालको विस्तारित बैठकबाट बौधिमाई नपा २ ईनवामा आदेश प्रसाद पटेलको अध्यक्षतामा ४१ सदस्यीय जसपा नेपालको वडा कमिटी तथा बैनाथ प्रसाद पटेलको अध्यक्षतामा ५१ सदस्यीय युवा संघको नगर कमिटी गठन कार्यक्रममा नव गठित जसपा नेपालको वडा कमिटी पदाधिकारी लगायत युवा संघ नेपालको नगर कमिटिका सम्पुर्ण पदाधिकारीहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना समेत दिनुभएको छ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पूर्व नगर प्रमुख यादवले समग्र गाउँ विकासका मधेसको विकासका लागि जनता समाजवादी पार्टी नेपाल बाहेक विकल्प नरहेको बताएका छन। हाल बौधीमाई नगरपालिकाका नगर प्रमुख प्रदिप कुमार यादव जन निर्वाचित भएपछि अहिलेसम्म विकासको नाममा भ्रष्ट्रचार बाहेक अन्य केही गर्न नसकेको जिकिर गरेका छन।

बौधीमाई नगरपालिकाका अधिकाँश निर्वाचित जनप्रतिनिधिहरु बजेटको भागभण्डाका कारण ३ वर्ष बितिसक्दा पनि हेर्न लायक कुनै ठोस विकास गर्न नसकेको उनले आरोप लगाए। जसपा नेपालको राष्ट्रिय अध्यक्ष माननीय उपेन्द्र यादवले मधेसीहरुको लागि विभिन्न आरक्षण कोटा समेत उपलब्ध गराएको एवं समग्र मधेश तथा मधेशीको हकहितको लागि मधेश आन्दोलन समेत गरि अधिकार प्राप्तिमा ठुलो भूमिका खेलेको स्पष्ट पारेका छन।

वास्तवमा रौतहटको क्षेत्र नम्बर दुईका सांसद,प्रदेश सांसद तथा नगर प्रमुख विकासको नाममा भ्रष्ट्रचार बाहेक अन्य केही नगरेको उनले बताए। बौधीमाई नगरपालिकाका नगर प्रमुख प्रदिप कुमार यादवले ३ वर्षको कार्यकालमा विद्यार्थी देखि जनप्रतिनिधिहरुलाई कसरी मुद्दा मामिलामा भसाउने सड्यन्त्र चाल्ने बाहेक अरु केहि गर्न नसकेको उनले बताए।

आफ्नो कार्यकालमा आफुले कसैलाई बनाउन नभयाएको खण्डमा उसलाई बिगार्न समेत कुनै पहल नगरेको बताउदै, आउने दिनमा समाजमा भाईचरा कायम राख्ने, मेलमिलाप गराउने जस्ता क्रियाकलाप एवं गतिविधि गर्ने जनप्रतिनिधिलाई मात्र अवसर दिन उनले सम्पूर्ण जनसमुदायलाई आग्रह गरेका छन। कार्यक्रमलाई सम्बोधन गरिदै समाजवादी युवा संघ नेपालको केन्द्रीय महासचिव दिलीप कुमार पटेलले सयौ वर्ष देखी देश चलाएका नेपाली कांग्रेस र नेकपा एमालेले मधेश र मधेशीको लागि एक पटक पनि आवाज नउठाएको तर समग्र मधेश र मधेशीको हकअधिकारको लागि एक मात्र माननीय उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल रहेको बताए।

देश निर्माण तथा विभिन्न मधेशी आन्दोलनमा लगायत मधेश र मधेशीको अधिकार प्राप्तिमा युवा वर्गको ठुलो भूमिका रहेकोले आज गठन हुने समाजवादी युवा संघ नेपालको नगर स्तरीय युवा कमिटीले असल विचार तथा जोस जागर सहित संगठन निर्माण गरि पार्टी तथा देश निर्माणमा सहयोग गर्न अपिल गरेका छन। अहिलेको जननिर्वाचित जनप्रतिनिधिहरुले विकासको नाउमा खुद्रा बिकास गरेर भ्रष्टाचार बाहेक अरु केहि गर्न नसकेको आरोप लगाएका छन।

नगर क्षेत्र लगायत वडा नं.२ इनर्वामा पूर्व मेयर राजीव रंजन यादवको कार्यकालमा भएको सम्पूर्ण बिकास निर्माणको कार्य ठोस रहेको तथा आफु मन्त्रालयमा कार्यरत हुदा आफुले गरेको सम्पूर्ण बिकास निर्माणको कार्य पनि अविष्मरणीय रहेको दाबी गरेका छन। अहिलेको जनप्रतिनिधिले गरेको बिकास निर्माणको कार्य मात्र प्रचार प्रसारमा सीमित रहेको उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0