Breaking News

प्रवास

नेपालको धरासायी अर्थतन्त्र उकास्न एनआरएनएले सरकारसंग सहकार्य गर्ने

काठमाडौं, ७ माघ  गैर आवासीय नेपाली संघले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीलाई नेपालमा लगानीका लागि वातावरण निर्माण गर्न आग्रह गरेको छ । सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटका क्रममा गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसीले गैरआवासीय नेपालीहरुको लगानी अभिवृद्धि गर्न अनुकुल वातावरण निर्माणका लागि आग्रह गरेका हुन ।  अध्यक्ष केसीले नेपाल सरकारको सहितको लगानी भएको करीब १० अर्ब बराबरको एनआरएन नेपाल डेभलपमेण्ट फण्ड ... Read More »

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले गैरआवासीय नेपालीहरुलाई सम्बोधन गर्ने

लण्डन्  उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले गैरआवासीय नेपालीहरुलाई सम्बोधन गर्ने भएका छन् । गैरआवासीय नेपाली संघका उपमहासचिव रामशरण सिमखडाका अनुसार  मन्त्री पौडेलले  ‘पढ्दै कमाउदै’ परियोजनाको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्ने भएका हुन् । आइतवार साँझ नेपाली समय ५ बजे पछि भर्चअल प्रविधिमार्फत आयोजना हुने सो अन्तरक्रिया कार्यक्रमलाई संघका पूर्वअध्यक्षहरु डा..उपेन्द्र महतो, जीवा लामिछाने, कुमार पन्त लगायत एक दर्जन सांसद सहित करिब डेढ ... Read More »

एनआरएनए १५औँ यूरोप क्षेत्रीय सम्मेलन ६ र ७ मेमा

लण्डन, १७ पुस । गैरआवासीय नेपाली संघ (एनआरएनए)  को १५औँ युरोप क्षेत्रीय सम्मेलन मेकाे पहिलो साता हुने भएको छ । गैरआवासीय नेपाली संघको यूरोप क्षेत्रीय पदाधिकारीहरूको उपस्थितीमा गत सोमबार बसेको बैठकले ६ र ७ मेमा चेक रिपब्लिकामा सम्मेलन गर्ने निर्णय गरेको एनआरएनए चेक रिपब्लिकले जनाएको हाे । २४ भन्दा बढी देशका प्रतिनिधि सहभागी हुने सम्मेलनमा गैरआवासीय नेपाली संघका नियमित मुद्दाका अतिरिक्त युरोप क्षेत्रमा नेपालीहरूले भोगेका समस्या र ... Read More »

प्रधानमन्त्री प्रचण्डलाई एनआरएनएको बधाई

काठमाडौं, १३ पुस गैरआवासीय नेपाली संघ (एनआरएनए) ले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपालको ४४औँ प्रधानमन्त्रीको रूपमा नियुक्त भएकोमा बधाई दिएको छ । एनआरएनएका अध्यक्षत्रय रविना थापा, डा. बद्री केसी र कुल आचार्यले बुधबार प्रधानमन्त्री प्रचण्डलाई बधाई दिएका हुन् । उनीहरूले प्रचण्डको प्रधानमन्त्रीको कार्यकाल समृद्ध मुलुक निर्माणका लागि फलदायी र ऐतिहासिक हुने विश्वास राखेका जनाएका छन् । ‘सम्माननीय प्रधानमन्त्रीज्यूको ... Read More »

बेलायत र नेपालबीच वार्ता जारी, वेल्फेयर र पेन्सनका विषयमा छलफल

लन्डन, १ पुस भूतपूर्व गोर्खाहरूको मुद्दामा बेलायत र नेपालबीच जारी वार्तामा प्राविधिक स्तरको बैठक सम्पन्न भएको छ । लन्डनस्थित बेलायती रक्षा मन्त्रालयमा बिहीबार दुई छुट्टाछुट्टै सत्रमा वेल्फेयर र पेन्सनका विषयमा छलफल भएको नेपाली दूतावास लन्डनले जनाएको छ । दूतावासले बिहीबार साँझ विज्ञप्ति जारी गर्दै वैठकमा भूपूगोर्खाहरूको औषधि उपचार, शिक्षा, रोजगारीलगायत कल्याणकारी विषयमा छलफल भएको जनाएको छ । बैठकमा नेपाली पक्षले उठाएका मागका ... Read More »

महिला हिंसाविरुद्ध एकजुट हुन एनआरएनएको आग्रह

लन्डन, २५ मंसिर गैरआवासीय नेपाली संघ (एनआरएनए) की कार्यकारी अध्यक्ष रविना थापाले समाजमा मानसिक हिंसाजन्य घटना बढ्दो रहेको बताएकी छन् । उनले गैरआवासीय नेपाली संघको महिला विभागले शनिबार आयोजित लैंगिक सचेतना तथा महिला नेतृत्वमा चुनौती विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली समाजले अझै महिलाको नेतृत्वलाई सहज रूपमा स्वीकार नगरेको विचार व्यक्त गरिन् । थापाले समाजमा रहेका लैंगिक आधारमा शारीरिक, मानसिक, ... Read More »

बेलायतमा नेपालीको जनसंख्या ७२ प्रतिशतले वृद्धि

लण्डन, १७ मंसिर बेलायतमा नेपालीको जनसंख्या गत एक दशकमा ७२ प्रतिशतले बढेको पाइएको छ । बेलायतको दुई प्रमुख राज्य इङल्यान्ड र वेल्सको जनगणना गर्ने निकाय अफिस फर न्याशनल स्टाटिटिक्स )ओएनएस)ले  सार्वजनिक गरेको जातीयतासम्बन्धी तथ्यांकलाई सेन्टर फर नेपाल स्टडिज (सिएनएस) युकेले गरेको विश्लेषणमा सो तथ्य पाइएको हो । सिएनएस युकेका अनुसार इङल्यान्ड र वेल्सको जनगणनामा जातीयता नेपाली (गोर्खा समेत) उल्लेख गर्नेहरूको ... Read More »

एनआरएनएले पशुपति वृद्धाश्रममा न्यानो कपडा वितरण गर्‍यो

काठमाडौं, १६ मंसिर गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पशुपतिको वृद्धाश्रमा न्यानो कपडा वितरण गरेको छ । गैरआवासीय नेपाली संघको परोपकारी कार्य अन्तर्गत संघका अध्यक्ष डा बद्री केसीले समाज कल्याण केन्द्र पशुपति वृद्धाश्रममा रहेका वृद्धलाई न्यानो कपडा वितरण गरेका हुन् । अध्यक्ष केसीले संघले पशुपति क्षेत्रमा एक सुविधा सम्पन्न १ सय सैयाको आधुनिक वृद्धाश्रम निर्माणका लागि प्रयत्नशिल रहेको र जग्गा प्राप्त ... Read More »

बेलायतसँग त्रिपक्षीय वार्ता : भूपूगोर्खाकाे पेन्सनबारे प्राविधिक विषयमा छलफल

लन्डन, १५ मंसिर भूपू गोर्खाहरूको माग सम्बोधन गर्न बेलायत-नेपाल सरकार र आन्दोलनरत भूपूगोर्खाबीचको वार्ता जारी रहेको लन्डनस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासले बुधबार साँझ विज्ञप्ति जारी गर्दै प्राविधिक स्तरको बैठक सम्पन्न भएको जनाएको छ । बैठकमा नेपाली दूतावास र बेलायतका रक्षा मन्त्रालयका पदाधिकारीहरू एवं भूतपूर्व गोर्खाका प्रतिनिधिहरूको सहभागिता थियो । भूपू गोर्खाहरूको मुख्य माग पेन्सनका विषयमा विस्तृत छलफल भएको दूतावासले ... Read More »

सडक कालोपत्रेकाे माग गर्दै मेयरलाई बुझाइयाे चार मागपत्र

खोटाङ, १ मंसिर खोटाङको महुरे-फोक्सिङटार सडक कालोपत्रेको काम सुचारु गर्न माग गर्दै स्थानीयले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईलाई एकैदिन चारवटा मागपत्र बुझाएका छन् । उदयपुरको गाईघाट-दिक्तेल सगरमाथा राजमार्गअन्तर्गत महुरे-फोक्सिङटार (४९ किलोमिटर) सडक कालोपत्रेको काममा भारत कन्ट्रक्सन/सिद्धी शाही जेभी र देवनारायण पवन/मैनाचुली/खाम्पाचे जेभीले चरम ढिलासुस्ती गरेको भन्दै बुईपा, विजयखर्क र राजापानीका स्थानीयले छुट्टाछुट्टै मागपत्रमार्फत तत्काल काम सुचारु गराउन माग ... Read More »

Bajjikanchal Khabar