<

आरके श्रीवास्तव,रौतहट,२३ गते फागुन ।

रौतहटमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई स्वागत गरिएको छ । तराई–मधेश अभियानका क्रममा रौतहट पुगेका प्रचण्डलाई सर्लाही बाट रौतहट प्रवेश गर्ने सिंगारमन धर्मपुरमा माओवादी नेता कार्यकर्ताहरूले भवय रुपमा स्वागत गरेका हुन् ।

नेकपा माओवादी केन्द्रको तर्फबाट मधेश प्रदेश सांसद युवराज भट्टराइ,नेता विन्देश्वर यादव,अशोक जयसवाल,पूर्व सांसद देवेन्द्र पटेल,पूर्व राजयमन्त्री सत्यनारायण भगत,कटहरियाका मेयर प्रत्यासी नसरूदिन अन्सारी,अनेरास्ववियु नेता रामआधार यादव लगायत नेता कार्यकर्ताहरूले स्वागत गरेका हुन् ।

प्रचण्ड सहित माओवादीका नेताहरु सम्मीलित अभियान टिमले रौतहटको बख्री धर्मपुर स्थित जनयुद्धको क्रमममा १७ जना माओवादी नेता कार्यकर्तालाई राज्य पक्ष नेपाली सेनाले घेरा हालेर हत्या गरी एकै ठाउँमा गाडिदिएका थिए साही ठाउँमा पुगी अध्यक्ष प्रचण्डले सहिदहरूप्रति श्रद्धाञ्जली समेत अर्पण गर्नु भएको छ । हुलाकी मार्ग केन्द्रित अभियान सञ्चालन गरेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड मधेस प्रदेशको सप्तरी,सिरहा, सर्लाही हुँदै प्रचण्ड आज रौतहट आईपुगेका हुन् ।

शनिबार जिल्लाको परोहा नगरपालिकाको लौकाहामा हुने वृहत् जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको माओवादी नेता मेयर प्रत्यासी अन्सारीले जानकारी गराएका हुन् । जनसभाको लागि सम्पूर्ण तयारी पुरा भएको उनले जनाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0