
आरके श्रीवास्तव,रौतहट,०३ गते चैत ।
रौतहट । रौतहटको फतुवा विजयपुर ३ मेवामा आज आम जनता पार्टीको वडा भेला सम्पन्न भएको छ । सो भेला बाट नयाँ वडा कमिटि गठन गरिएको छ । भेलाले राजेश साह सोनारको अध्यक्षतामा ५१ सदस्यीय वडा कमिटि गठन गरेको आम जनता पार्टीका स्थायी कमिटि सदस्य युवा नेता रविन्द्र यादवले जानकारी गराएका हुन् ।
गठित कमिटिको उपाध्यक्षमा मोहन बैठा,सचिवमा बिटु पटेल,सह सचिवमा विजय साह सोनार,लालबाबु राम रहेका छन् ।
त्यस्तै सदस्यहरुमा रुदल बैठा,लक्षमण राम,उपेन्द्र राम,कृपाली हजरा,गौरी साह सोनार,रुपलाल राम,जवाहीर पटेल,बैजु साह सोनार लगायतका व्यक्तीहरु रहेका छन् ।
आजपा जिल्ला अध्यक्ष नरेश साह तुरहा, स्थायी कमिटी सदस्य संजय यादव, दिपा साह, ब्रहमा यादव, शेख मोबिन,प्रमोद पसवान लगायतका नेताहरुको बिशेष उपस्थित रहेको थियो ।
यसअघि फतुवा विजयपुर नगरपालिकाको वडा नम्बर २ सितलपुरमा मुनिफ राय यादवको अध्यक्षतामा ५१ सदस्यीय वाडा कमिटी गठन गरिएको थियो । यूवा नेता यादवले गठित उक्त कमिटीका सम्पूर्ण पदाधिकारी एवं सदस्यहरूलाई हार्दिक बधाई तथा शुभकामना ब्यक्त गरेका छन् ।
