<

चन्दन यादव,कटहरिया,०३ गते चैत २०८१ ।

कटहरिया । रौतहटमा दिन प्रति दिन भन्सार छलीको सर(समानहरु बरामद भइरहेको छ । अहिले प्रहरीको सक्रियता बढेसँगै तस्करहरुको पनि सक्रियता बढेको देखन सकिन्छ । त्यस्तै २०८१ चैत २ गते शनिवारका दिन जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी गस्ती टोलीले अबैध समानहरु बरामद गरेको प्रहरीले जनाएको हो ।


जिल्लाको गौर नगरपालिका वडा नम्बर ३ स्थित विभिन्न सवारी साधनहरुलाई रोकी चेकजाँच गर्ने क्रममा अबैध रुपमा भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याउँदै गरेको अन्दाजी मुल्य रु. ४५ हजार २ सय बराबरको किराना समानहरु बारमद भएको प्रहरीले निकालेको विज्ञप्तीमा उलेख रहेको छ ।


त्यस्तै अन्दाजी मुल्य रु. १ लाख ३ हजार बराबरको २ थान मोटरसाईकल बरामद भएको प्रहरीले जनाएको हो । यसैगरी किराना समानहरु तथा मोटरसाइकल लगायतको अन्दाजी मुल्य रु. १ लाख ४८ हजार २ सय रहेको प्रहरीले जानकारी गराएको हो ।


बरामद भएको विभिन्न माल समान तथा सवारी साधनलाइ नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाईएको प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दिपक कुमार रायले जानकारी गराएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0