<

राैतहट,२५ गते । कतैको सहयोग बिना आफ्नै तरिकाले कुस्तीको अभ्यास गर्ने रौतहटका युवाहरुको समूहमध्ये एकै गाउँका चार जनाले पदक ल्याएका छन् । Open photoहालै सम्पन्न मधेश प्रदेशस्तरीय कुस्ती प्रतियोगितामा रौतहटमा आएको ६ पदकमध्ये एकै टोलमा चारओटा पदक भित्रिएको छ । रौतहटको गरुडा नगरपालिका ५ लक्ष्मीपुर टोलका चार जना कुस्ती खेलाडीले एकैपटक चारओटा पदक जित्दै इतिहास रचेका छन् ।Open photo कुस्ती खेलाडीहरुले एउटा रजत पदक र तीनओटा काँस्य पदक जितेका हुन् । पदक विजेतामध्ये दुई जना साख्खै दाजुभाइ हुन् । एकै दिन जन्मेका जुम्ल्याहा दाजुभाइले प्रदेशस्तरीय कुस्ती प्रतियोगितामा दोस्रो र तेस्रो स्थान ग्रहण गरेपछि अहिले जिल्लामा चर्चाको विषय बनेको छ । Open photoकुस्ती प्रतियोगितामा लागेपछि पहिले जिल्लास्तरीय विभिन्न प्रतियोगितामा सहभागी हुँदै पुरस्कृत र सम्मानित हुँदै गएपछि हौसला बढेको र अहिले प्रदेशस्तरीय प्रतियोगितामा पदक जितेर आएपछि थप जिम्मेवारी बढेको अनुभव भएको विजेताहरुले बताएका छन् । ५७ केजी समूहमा रजत पदक विजेता कृष्णनन्दन यादवले अब आफूले राष्ट्रियस्तरको प्रतियोगिताको तयारी गर्नु परेको तर कुनै पनि सुविधा नभएको गुनासो गरेका छन् । Open photoकुस्ती खेलाडी यादव भन्छन् – कुस्तीको पोसाक छैन, खेल्ने पिच अर्थात् अखाडा छैन, कुनै कोच पनि छैनन् । बिना सुविधा एकापसमा अभ्यास गरेर कुस्तीको तयारी गर्नु परिरहेको रजत विजेता यादव बताउँछन् । ६५ केजी समूहमा प्रदेशमा तेस्रो स्थान प्राप्त गरेका शिवनन्दन यादवले पनि उही पीडा दोहो¥याउँछन् । कहीँ कतैबाट कुनै किसिमको सुविधा र सहयोग नभए पनि आफूहरुले बिहान दुई घन्टा अभ्यास गर्ने गरेको भरमा प्रदेशस्तरीय प्रतियोगितामा जिल्लाको मान राखेको बताउँछन् । कुस्ती खेलाडी यादवको भनाइ छ – कम्तीमा सकारात्मक वातावरण भइदिए राम्रो हुन्थ्यो । मधेशको कुस्तीमा पहिचान कायम गरेका कृष्णन्दन र शिवनन्दन जुम्ल्याहा हुन् । दाजुभाइ कृषि पेसामा आबद्ध छन् । गरुडा चोकमा पसल पनि संचालन गरेका छन् । बिहान दुई घन्टा कुस्ती अभ्यास गर्न थालेको चार वर्ष मात्र भएको छ । Open photoचार वर्षको अभ्यासमा जिल्ला र प्रदेशमा कुस्तीको क्षेत्रमा पहिचान स्थापित भएपछि दाजुभाइ भन्छन् – अब कुस्तीमै आफूहरुलाई झन् लाग्नु परेको छ । ९७ केजी समूहमा काँस्य पदक विजेता होसनारायण यादव र ८६ केजी समूहमा काँस्य पदक विजेता उमाशंकर यादव पनि लक्ष्मीपुर टोलकै छन् । सबै जना झाँझपुल चोकभन्दा केही उत्तरमा रहेको जल्फामाई मन्दिरको छेउमा अखाडा बनाई कुस्तीको अभ्यास गर्दै आएका छन् । निकै गर्मी चर्केपछि अखाडामा कोही पनि आउँदैनन् । अहिले अखाडामा दुई फिटसम्मको घाँस उब्जिइसकेको छ तर सबै जना एकै स्वरमा भन्छन् – खेतको रोपाइँ सकिनासाथ हामी अखाडालाई राम्रोसित बनाएर राष्ट्रियस्तरको कुस्ती प्रतियोगिताको अभ्यास गर्ने छौँ ।Open photo कुस्ती प्रतियोगिताको क्षेत्रमा रौतहटले निकै प्रगति गर्न सक्ने सम्भावना रहेको छ । कुस्ती खेलको लागि स्थानीय सरकारले कुस्ती खेलका लागि कम्तीमा आधारभूत आवश्यकता पूरा गरी बाहै्र महिना अभ्यास गर्न सकिने वातावरण बनाइदिए राम्रो हुने अपेक्षा खेलाडीहरुको रहेको छ । तराई मधेशमा निकै लोकप्रिय रहेको कुस्ती खेलमा रौतहटले पुनः वर्चस्व जमाउने आशा जागेको खेलाडीहरुको भनाइ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0