<

आरके श्रीवास्तव,रौतहट,२८ गते असोज ।

रौतहटमा लागु औषध सहित मानिस पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ बस्ने बर्ष २६ को मनोज राइ रहेका छन् ।

शुक्रवार अस्थायी प्रहरी पोष्ट बसपार्क रौतहट गौरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उनलाइ पक्राउ गरेको हो ।No description available.

जिल्ला सदरमुकाम गौर नगरपालिका वडा नम्बर ८ बसपार्क स्थित रहेको सार्वजनिक सडक खण्डमा शंकास्पद अवस्थामा हिडडुल गरी रहेका राईलाई चेकजाँच गर्दा उनले लगाएको खैरो रङ्गको कटन जिन्स पाईन्ट भित्र दाँया तिघ्रा, बाँया तिघ्रा र बाँया पिडौलामा प्लास्टिक टेपले बेरी लुकाई छिपाई गरी राखेको लागु औषध बरामद भएको छ ।Open photo

उनको साथबाट डाईजेपाम ३० एम्पुल, प्रोमेथाजाईन ३० एम्पुल र बुप्रोनाईफाइन ३० एम्पुल जम्मा ९० रहेको छ । पक्राउ परेका राईलाई लागू औषध मुद्दामा अनुसन्धान कार्य भईरहेको व्यहोरा जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0