<

राजेश निर्माणी,राैतहट,०४ गते कार्तिक । 

रौतहट- खगेन्द्र सुनार नेतृत्वको दलित लाई खै?अभियानको लागि  रौतहट दलित युवाहरुको जिल्ला भेला सम्पन्न भएको  छ ।

सो अभियानमा सक्रिय युवा विवेक पासवानको अध्यक्षता, तथा दलित अगुवा मटुक पासवानको प्रमुख आतिथ्यतामा जिल्लाको सदरमुकाम गौर स्थित कर्मचारी मिलन केन्द्रको सभहलमा सो कार्यक्रम शनिबार सम्पन्न भएको हो।

भेलाले जिल्ला समन्वय समिति  गठन गर्न तथा विविध विषयहरुमा छलफल गर्नका लागि यहीँ कार्तिक १७ गते शनिबारका दिन कृषि ज्ञान केन्द्र शिवनगरको प्राङ्गणमा बसेर छलफल गर्ने निर्णय गरिएको छ।

उक्त भेलाको मुल उदेश्य दलित समुदायलाई एकत्रित गरि विभिन्न कालखण्डमा उत्पीडनमा परेका दलित समुदायको पक्षमा वकालत गर्नु र दलितको हकमा संविधानमा लेखिएको कुराहरु कार्यावन्यन गराउनका लागि दबाब मुलक कार्यक्रमहरु संचालन गर्नु हो।

भेलामा सहभागी दलित युवा तथा अगुवाहरुले आ-आफ्नो तर्क राखि दलित समुदायलाई एक जुट भएर अगाडि बढ्नका लागि निष्कर्ष निकाल्दै,यहीँ कार्तिक १७ गते शनिवारका दिन शिवनगरमा रौतहट भरिकै दलित युवा तथा दलित नेतृत्वकर्ताहरु को भेला बोलाएका छन् र सहभागी हुनका लागि दलित संग सरोकार राख्ने सबैमा आग्रह पनि गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0