<

आरके श्रीवास्तव,राैतहट,२८ गते असाेज । 

राैतहटकाे माधवनारायणकाे खडकी रजवारामा जनता समाजवादी नेपालकाे वडा कमिटी गठन भएको छ । जसपा  नेपालको अधारभुत संगठन निर्माण कार्यक्रम अन्तर्गत साे कमिटी गठन गरिएको छ ।   जसपा नेपाल माधवनरायण नगर कमिटीको आयोजनामा वाड नम्बर ८ खडकी रजवारामा संगठन निर्माण कार्यक्रम तथा शुभकामना आदानप्रदान र वाड कमिटी गठन गरिएको हाे ।

विनोद यादवको अध्यक्षतामा  २१ सदस्यीय वाड कमिटी गठन गरिएकाे जसपा नेपालका जिल्ला अध्यक्ष श्याम बिहारी प्रसाद यादवले जानकारी गराएका हुन् । गठित कमिटीकाे उपाध्यक्षमा भाग्यनरायण कुशवाहा,राम नारायण बैठा रहेका छन् ।  त्यस्तै सचिवमा बिजय बैठा,सह सचिवमा मुकेश दास, विरेन्द्र राय,काेषाध्यक्षमा घुरनि देविलाई चयन गरिएको हाे ।  त्यसैगरी सदस्यहरूमा मकर दास,धुपा राय,जय लाल दास,            मुटु सहनी,छोटे दास,राम अयोध्या राय,अछेलाल महतो, बिजुलि साह,भोजेन्द्र महतो,उमेश राय,जुगुल बैठा,बच्चु राय  , बिन्देश्वर दास, मुकेश महतो रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0