<

आरके श्रीवास्तव,रौतहट,०३ गते कार्तिक ।
रौतहटको कटहरिया नगरपालिका वडा नम्बर ४ मा नेकपा एमाले बाट निर्वाचित वडा अध्यक्ष चन्दन कुशवाहालाइ आज सम्मान गरिएको छ । कटहरिया नगरपालिकाको वडा नम्बर २ जमुनिया बजारमा आयोजित एक कार्यक्रममा उनलाइ सम्मान गरिएको हो ।
सामाजिक हित र कल्याणका निम्ति निस्वार्थ रुपले समर्पित भएको भन्दै सोको उच्च कदर गर्दै वडा अध्यक्ष कुशवाहालाइ सम्मान गरिएको हो । नेपाल युवा लिग डेभलपमेन्ट सेन्टरको आयोजना लायन्स क्लब अफ चन्द्रपुर , लायन्स क्लब अफ काठमाडौं मिथिला सिटीको सहकार्यमा उनलाइ सम्मान गरिएको हो ।


लायन्स क्लब चन्द्रपुरका अध्यक्ष वसीम अख्तर र नेपाल युवालिग डेभलपमेन्ट सेन्टरका अध्यक्ष रिजवान बढईले संयुक्त रूपमा वडा अध्यक्ष कुशवाहा लाई सम्मानपत्र बाट सम्मानित गरिएको हो ।
नेकपा एमालेका यूवा नेता कुशवाहा कटहरिया नगरपालिका वडा नम्बर ४ को वडा अध्यक्षको रुपमा दुइचोटी निर्वाचित भएका हुन् । २०७४ र २०७९ को स्थानीय निर्वाचनमा उनी वडा अध्यक्षको रुपमा निर्वाचित भएका थिए । निर्वाचित भएदेखि नै उनी सधै सामाजिक काममा सक्रिय रहँदै आएका हुन् । उनी जनता माझ सधैं नै पुग्ने गर्दछन् । त्यसकै मूल्यांकन गरी उनी आज सम्मानित हुन पुगेका हुन् ।
अहिले कटहरिया नगरपालिकामा जहाँ पनि आगामी चुनाव २०८४ को चर्चा हुँदा चन्दन कुशवाहाको पनि सन्दर्भ आउन थालेको स्थानीय युवाहरु बताउँछन् । उनलाइ धेरैले आगामी चुनावमा नगर प्रमुखको उम्मेदवारको रुपमा हेर्न चाहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0