<
आरके श्रीवास्तव,राैतहट,३१ गते भदौ । रौतहटकाे कटहरिया नगरपालिकाका नगर प्रमुख अजय प्रकाश जयिवाल सहित सबैले विशेष अदालतबाट सफाइ पाएका छन् ।
उपभोक्ता समितिद्वारा भएको एउटा काममा भ्रष्टाचार भएकाे भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा विशेष अदालतमा मुद्दा दायर गरिएकाे थियोे ।
कानुनअनुसार, भ्रष्टाचारकाे मुद्दा दायर भएपछि पदबाट निलम्बित भएका थिए । विशेष अदालतमा अख्तियारद्वारा मुद्दा दायर भएपछि निलम्बित अवस्थामा रहेका नगर प्रमुखसहित सम्पूर्ण पदाधिकारी अब तुरुन्तै बहाल हुने भएका छन् ।
अख्तियारद्वारा गत असार २० गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको थियोे । कटहरिया नगरपालिका २ जमुनियामा रहेकाे सामुदायिक भवनमा टायल लगाउने काममा १२ लाख ५२ हजार ९४१ रुपैया भ्रष्टाचार भएकाे दाबी अख्तियारले गरेको थियोे ।
साेही विषयमा अख्तियारद्वारा नगर प्रमुख अजयप्रकाश, उपप्रमुख रीता देवी, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साह, इन्जिनियरद्वय राजकुमार साह र मकसुद आलम, योजना शाखाका प्रमुख राम नरेश प्रसाद यादव, वडा नम्बर ८ का वडाध्यक्ष समिश विक्रम साह, मनोज प्रसाद जयसवाल, उपभोक्ता समितिका अध्यक्ष सरोज कुमार साह, कोषाध्यक्ष बबिता चौधरी र सचिव योगेन्द्र साह उपर भ्रष्टाचार मुद्दा दायर गरिएको थियोे ।
विशेष अदालतका न्यायाधीशत्रय खुसीप्रसाद थारु, तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठकाे संयुक्त इजलासले नगर प्रमुख अजयप्रकाश सहित सम्पूर्ण प्रतिवादीलाई सफाइ दिएका छन् । दोषी प्रमाणित गर्न प्रमाण अपुग रहेकाे भन्दै विशेष अदालतद्वारा सबैलाई सफाइ दिएका छन् । विशेष अदालतद्वारा सफाइ दिएपछि साथै सबै जनाके निलम्बन फुकुवा भएकाे छ ।
नगर प्रमुख अजयप्रकाश, उपप्रमुख रीतादेवी यादव,वडाध्यक्ष समिश विक्रम शाह सहित सम्पूर्ण प्रतिवादी एक साथ अदालतबाट सफाइ प्राप्त गरेकाे खबर सार्वजनिक हुँदै कटहरिया नगरपालिकामा खुसीकाे संचार भएकाे छ। केही महिनादेखि अवरुद्ध भएकाे विकास निर्माणकाे काम अब धमाधम संचालन हुने विश्वास सर्वसाधारणले राखेका छन् ।
अभिभावक विहीन अवस्थामा रहेकाे नगरपालिकामा अब सारा काम विधिपूर्वक संचालन हुने र नगरपालिका कार्यालयमा कर्मचारी पनि नियमित रुपमा आउने प्रतिक्रिया सर्वसाधारण दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1