<

आरके श्रीवास्तव,राैतहट,०२ गते कार्तिक । 

रौतहटको गढीमाई नगरपालिका ८ मा यही मंसिरमा चुनाव हुँदैछ । वडाध्यक्षको लागि हुने चुनावको चहलपहल सुरु भइसकेको छ । विभिन्न पार्टीहरु आफ्नै किसिमले सक्रिय बनेका छन् ।

यसै क्रममा जसपा नेपालले पनि आधारभूत संगठन निर्माण कार्यक्रमअन्तर्गत शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार आयोजित विस्तारित बैठक, शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रम भव्यतापूर्वक सम्पन्न भएको जनता समाजवादी पार्टी नेपाल राैतहटका जिल्ला अध्यक्ष श्याम बिहारी प्रसाद यादवले जानकारी गराएका हुन् ।

स्थानीय युवा नेता सन्देश यादवले विशेष पहल गरी कार्यक्रमलाई भव्य बनाएका छन् । युवा नेता सन्देश यादव आफूलाई एक अब्बल दाबेदारको रुपमा पनि प्रस्तुत गर्न चाहेका छन् । यादवकै पहलमा कार्यक्रममा  नेकपा एमाले तथा नेकपा माओवादी पार्टी परित्याग गरी करिब तिन सय जना जसपा नेपालमा प्रवेश गरेका छन् । सन्देश यादवका साथै गजेन्द्र यादव, सर्वजीत राम र योगेन्द्र यादवले नेतृत्व गरिरहेका छन् ।

गढीमाई ८ मा चुनावको बिगुल बजिसकेको माहोल बनेको छ । जहाँ पनि चुनावको चर्चा हुँदा सन्देश यादवको पनि सन्दर्भ आउन थालेको स्थानीय युवाहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0