Breaking News

प्रदेश

समयमा कार्यालयमा आउन वडा कर्मचारहिरुलाइ वडा अध्यक्ष अनिरुद्ध यादवको निर्देशन

आरके श्रीवास्तव,गरुडा,माघ १६ गते रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष अनिरुद्ध प्रसाद यादव उर्फ संजय यादवले वडा कार्यालयमा काम गर्ने कर्मचारहिरु सँग बैठक बसी समयमा कार्यालयमा आउन निर्देशन दिएका छन् । कर्मचारीहरु समयमा कार्यलय नआउने गरेको गुणासो बढेपछि वहाँले यस्तो कदम चाल्नु भएको हो । वडा अध्यक्ष यादवले आज कर्मचारी र जनप्रतिनीहरु छलफलका लागि मिटिङ्ग ... Read More »

श्री जनता मावि सोनरनियमा आँखा तथा कान शिविर सम्पन्न

आरके श्रीवास्तव,गरुडा,माघ १६ गते श्री जनता माध्यमिक बिधालय सोनरनियाका बालबालिकाहरुलाई लक्षित गर्दै आयोजना गरिएको आँखा तथा कान शिविर सम्पन्न भएको छ । आँखा र कान सम्बन्धी स्वास्थ्य समस्या भएका बालबालिकाहरुको लागी शिविर सञ्चालन गरिएको थियो । मौलापुर नगरपालिका वडा नम्बर ८ र ९ सोनरनियमा पर्ने सो बिधालयमा एक दिने आँखा तथा कान सम्बन्धी शिविर सम्पन्न भएको हो । शहिद दिवसको ... Read More »

कटहरियाको श्री आवि हथियाहीमा छात्रवृक्ति वितरण

आरके श्रीवास्तव,गरुडा,माघ १६ गते रौतहट जिल्लाको कटहरिया नगरपालिका वडा नम्बर २ हथियाही टोल स्थित श्री आधारभूत विधालयमा आ.व. २०७७।७८ तथा आ.व.२०७८।०७९ को नगद छात्रवृक्ति वितरण कार्यक्रम सम्पन्न भएको छ । विधालय व्यवस्थापन समिति अध्यक्ष अनुठा राय यादवको अध्यक्षतामा तथा विधालय व्यवस्थापन समिति सदस्य मनोज कुमार यादव,संजय राय यादव,बचन राय यादवको उपस्थितीमा वितरण कार्य गरिएको हो । आ.व. २०७७।७८ मा छात्रवृत्ति ... Read More »

रौतहटमा स्थानीय तहको स्व–मूल्यांकनमा राजपुर नगरपालिका पहिलो

आरके श्रीवास्तव,गरुडा,माघ १६ गते रौतहटका स्थानीय तहको संस्थागत क्षमता स्व–मूल्यांकनसम्बन्धी नतिजा सार्वजनिक भएको छ । गत आर्थिक वर्ष ०७८÷७९ को स्व–मूल्यांकन नतिजा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको हो । आर्थिक वर्ष ०७८÷७९ मा सम्पादन क्रियाकलापको कार्यप्रक्रिया र उपलब्धिको लेखाजोखा गरी स्व–मूल्यांकन नतिजा सार्वजनिक गरिएको हो । स्थानीय तह संस्थागत क्षमता स्व–मूल्यांकनमा राजपुर नगरपालिका पहिलो भएको छ । ... Read More »

छेडागाडका मेयरले बनाएनन्, नलगाडको स्वास्थ्य भवन

हेमन्त केसी/सुर्खेत, १६ माघ जाजरकोट नलगाड नगरपालिकामा निर्माण हुन लागेको नगर अस्पतालको भवन अलपत्र परेको छ । छेडागाड नगरपालिकाका नगरप्रमुख रत्नबहादुर खड्काले १८ करोडमा लिएको उक्त ठेक्काको काम नगर्दा अलपत्र परेको हो । स्वास्थ्य भवनको सम्झौता मिति २०७८ असोज २२ गते रहेको थियो । २०८० असार १५ गते सम्मा सम्पन्न गरेर हस्तान्तरण गर्नुपर्ने भनि सम्झौतामा उल्लेख गरिएको छ । पहिलो किस्तामा २ ... Read More »

कृषि मिटरको महसुल पचरौता नगरपालिकाले तिरिदियो

इन्दिप कोइराला/बारा, १६ माघ किसानलाई सहुलियतका लागि बाराको पचरौता नगरपालिकाले नगरक्षेत्रमा चलाइएको कृषि मिटरको महसुल रकम नेपाल विद्युत प्राधिकरणलाई तिरिदिएको छ । पचरौता नगरपालिका नगरप्रमुख जलन्धर सिंह जैसवार र वडा नम्बर ५ का वडा अध्यक्ष लक्ष्मी साहले सोमबार काठमाडौं गई नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई विद्युत् मिटरको महसुल बुझाएका हुन् । नगरपालिकाकको नगर सभाको निर्णय अनुसार यस अघिको ... Read More »

भोटेकोशीको बगाममा टेलिकमको टावर, पहिलोपटक फोन र इन्टरनेटको सेवा  

सम्झना कार्की ,सिन्धुपाल्चोक, १६ माघ सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाका विभिन्न गाउँमा पहिलो पटक नेपाल टेलिकमको सेवा पुगेपछि स्थानियवासी खुसी भएका छन् । नेपाल टेलिकमले भोटेकोशी गाउँपालिका–१ बगाममा  टावर निर्माण गरेर सेवा सञ्चालन गरेपछि स्थानीयलाई सहज भएको हो । उक्त स्थानमा यसअघि मोबाइल सेवाको पहुँच थिएन । ग्रामीण बस्तीलाई सञ्चारको पहुँचमा जोडन टेलिकमले थ्रीजी सेवा विस्तार गरेको स्थानीय ध्रुव थापाले बताए । ... Read More »

अभियुक्त लक्ष्मी महतो कोइरीको बचाउमा उत्रियो एमाले र कोइरी समाज 

महोत्तरी, १६ माघ ।   कर्तव्य ज्यान मुद्दामा फरार रहेका महोत्तरी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा निर्वाचित लक्ष्मी कोइरी महतोको बचाउमा प्रदर्शन भएको छ । मधेस आन्दोलनका क्रममा प्रहरी असई थमन विकको हत्या अभियोगमा फरार रहेका कोइरी एमालेका सांसद हुन् भने उनी प्रहरीको फरार सूचीमा छन् । तर, उनको बचाउमा एमाले र कोइरी समाजमा उत्रिएको छ । कोइरीमाथि झुट्टा मुद्दा ... Read More »

भूकम्पको हल्लाले कर्णालीवासी रातभर जाग्राम

खड्क सुनार   ,मुगु, १६ माघ  कर्णालीमा भूकम्प आउने हल्ला फैलिएपछि आइतबार रातभर कर्णाली प्रदेशका  जुम्ला, मुगु, हुम्ला र बाजुराका बासिन्दा बाहिर बसेका छन्। भूकम्पको हल्ला फैलिएपछि यहाँका स्थानीय घर छाडेर खेतबारी र सडक, विद्यालय चौरमा बस्न बाध्य भएका हुन् । भूकम्प आउँदै छ भन्ने हल्ला चलेपछि कठ्यांग्रिदो चिसोमा मानिसहरू बाहिर बसेका थिए । मुगु सदरमुकाम गमगढीवासी र आसपासका गाउँ चैन, ... Read More »

वृदावनलाई पराजित गर्दै कटहरिया विजयी

आरके श्रीवास्तव, गरुडा, माघ १५ गते रौतहट जिल्लाको दुर्गाभगवती गाउँपालिकामा जारी अध्यक्ष कप जिल्ला स्तरिय नक आउट टि २० क्रिकेट टुर्नामेन्ट अन्तर्गत आईतवार सम्पन्न भएको खेलमा कटहरिया नगरपालिकाले वृदावन नगरपालिकालाई ३ विकेटले पराजित गरेको छ । सो गापाको सरस्वती मावि पिपरा भलोहियामा जारी रहेको जिल्ला स्तरीय अध्यक्ष कप अन्तर्गत आजको खेलमा वृदावन नगरपालिकाले टस हारेर पहिला ब्याटिंग गरेर निर्धारित २० ... Read More »

Bajjikanchal Khabar