<

काठमाडौं, २ चैत ।

सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई कानुनका विषयमा जानकारी गराउने उद्देश्यका साथ ड्यामोक्र्याटिक लयर्स एसोसिएसन नेपाल (डिएलए)ले प्रशिक्षकहरूलाई तालिम दिने भएको छ । डिएलए नेपालको आयोजनामा हुन लागेको प्रशिक्षक प्रशिक्षण चैत ४ गते आइतबारदेखि ५ दिनसम्म चल्नेछ ।

 

देशभरका सामुदायिक विद्यायमा अध्ययनरत कक्षा ८ देखि १० सम्मका विद्यार्थीहरूलाई लक्षित गरेर यस कार्यक्रमको आयोजना गर्न लागिएको डिएलए नेपालका अध्यक्ष वरिष्ठ अधिवक्ता सीताराम केसीले बताए ।

 

प्रशिक्षण कार्यक्रममा ३२ जना कानुन व्यवसायीहरूको सहभागिता रहनेछ । तालिम लिएपछि तिनै प्रशिक्षकहरू देशभरका सामुदायिक विद्यालयहरूमा पुग्नेछन् र कानुनका बारेमा विद्यार्थीहरूलाई जानकारी गराउनेछन् ।

 

‘नागरिक भएर गर्नुपर्ने कुराहरू के हुन् रु साइबर ल के हो रु पारिवारिक कानुनले के भन्छ रु बालबालिकाका सबालमा कानुनले के भन्छ रु जस्ता कानुनी विषयका बारेमा विद्यार्थीलाई पढाउन जरुरी छ,’ अध्यक्ष केसीले भने, ‘त्यसैले देशको कानुनको बारेमा विद्यार्थीलाई जानकार गराउन हामीले यो प्रशिक्षण गर्न लागेका हौँ ।’

 

केसीका अनुसार कानुनसँगै विद्यार्थीहरूलाई ३ तहको सरकार तथा संघीयताका बारेमा पनि जनाकारी गराइनेछ । त्यसैका लागि डिएलए नेपाल अहिले प्रशिक्षकहरू तयार पार्नका लागि प्रशिक्षण गर्ने जुटेको छ ।

 

पहिलो चरणमा पाइलट परियोजनाअन्तर्गत काठमाडौँका ६६ वटा सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई कानुनबारे कक्षा दिइनेछ भने बिस्तारै देशका ७५३ वटै स्थानीय तहका विद्यालयमा पुग्ने योजना रहेको केसीले बताए ।न्युज कारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0