<

भक्तपुर, १० फागुन । 

भक्तपुर नगरपालिका वडा नं ६ देकोचामा रहेका तीन वटा कलेजहरुका वार्षिक उत्सव बुधबारदेखि सुरु भएको छ ।

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप माध्यमिक विद्यालयको २४ औं, ख्वप कलेजको २२ औं, शारदा क्याम्पस माविको ३३ औं र ख्वप कलेज अफ लको प्रथम वार्षिकउत्सव कार्यक्रमको उदघाटन भएको हो ।

वार्षिकोत्सवको नेपाल मजदुर किसान पार्टीका सचिव  एवम् संघीय सांसद प्रेम सुवालले गरे ।
कार्यक्रममा सांसद सुवालले संसदबाट ख्वप विश्वविद्यालयको विधेयक पारित गराउन निरन्तर प्रयासरत रहेको बताउँदै जनतालाई सस्तोमा गुणस्तरीय शिक्षा प्रदान गर्ने पक्षमा शासकहरुले नै बाधा पु¥याइरहेको आरोप लगाए ।

देशलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउन कृषि क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने बताउँदै देश आर्थिक र राजनीतिक रुपमा कमजोर भएमा देशको महत्वपूर्ण निर्णयमा विदेशीले हस्तक्षेप गर्दै जाने धारणा राखे । शासक दलका नेताहरुबाट नेपालका नदीनाला एक पछि अर्को गर्दै भारतलाई सुम्पने गलत काम हुँदै आएको सांसद सुवालले आरोप लगाए ।

कलेज व्यवस्थापन समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाले ख्वप विश्वविद्यालय विधेयक संसदबाट पारित गराउन आवश्यक पहल गरिरहेको बताए । उनले भक्तपुर नपाबाट सञ्चालित शैक्षिक संस्थाहरु बन्द, हड्तालबाट मुक्त रहेको बताए ।


बागमती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईले शैक्षिक क्षेत्रको विकास र उन्नयनमा भक्तपुर नपाबाट सञ्चालित ख्वप सर्कलअन्तर्गतका कलेजहरुले शैक्षिक प्रकाशस्तम्भको रुपमा काम गरिरहेको बताए ।


कलेज व्यवस्थापन समितिका उपाध्यक्ष एवम् भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले देश र जनताको सेवालाई केन्द्रविन्दुमा राखी नेमकिपाबाट निर्वाचित जनप्रतिनिधिले काम गर्दै आएको बताइन्  विश्वविद्यालय अनुदान आयोगका निर्देशक लालप्रसाद आदेयले विश्वविद्यालयहरुले अध्ययन र अनुसन्धानमा जोड दिनुपर्ने बताए ।

त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र संकायका डीन प्रा.डा. कुसुम शाक्यले सबै क्षेत्रमा महिलाहरुको सहभागिता उल्लेख्य रहेको बताउँदै महिलालाई शिक्षालाई अगाडि बढाउनु आजको आवश्यकता भएको बताइन् ।


भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराई, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत अशोककुमार पोखरेल र ख्वप कलेज बीए, बीएसडब्लू र एमए अंग्रेजी कमिनिकी न्याइँच्याइँले पनि शिक्षा क्षेत्रका विविन्न पक्षहरुबारे चर्चा गरे ।
कार्यक्रममा ख्वप कलेजका प्राचार्य प्रकाशकुमार श्रेष्ठ, ख्वप माविका प्राचार्य लक्ष्मीप्रसाद कर्माचार्य र ख्वप कलेज अफ ल का प्राचार्य अनिता जधारीले सम्बन्धित कलेजहरूको वार्षिक प्रतिवेदन प्रस्तुत गरे ।


साथै वार्षिकोत्सव अवसर पारेर कलेजले ख्वप कलेज र ख्वप माविमा अविछिन्न रुपमा दश वर्ष सेवा पूरा गरेका शिक्षक तथा कर्मचारीहरुलाई कदरपत्रका साथ सम्मान गरेका थिए । त्यस्तै कार्यक्रमका प्रमुख अतिथि तथा अतिथिहरुले वार्षिकोत्सवको अवसरमा आयोजित चित्रकला प्रतियोगिता, वादविवाद, दौड प्रतियोगिता, सटपुट, भलिबल, बास्केटबल प्रतियोगिताका विजेताहरुलाई मेडल र प्रमाणपत्र वितरण गरेका थिए । वार्षिकोत्सवकै अवसरमा विद्यार्थीहरुले सांस्कृतिक प्रस्तुतीहरु पनि प्रदर्शन गरेका थिए ।न्युज कारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0