<

काठमाडौं, २२ असोज ।

आज देखी काठमाडौंमा पिएचडी (बिद्याबारिधी) फेस्टिबल सुरु हुने भएको छ ।

 

आज असोज २२ देखी २३ गतेसम्म हुने पिएचडी फेस्टिबलको आयोजना त्रिभुवन विश्वबिद्यालयले गरेको हो ।

 

त्रिभुवन विश्वविद्यालयको विज्ञान तथा प्रविधि अध्ययन संस्थानले आयोजना गरेको सो फेस्टिबलमा सयौं बिद्याबारिधी उपाधी प्राप्त डाक्टरहरुको उपस्थिति रहने जनाइएको छ ।

पहिलो पटक केन्द्रीय विभाग कीर्तिपुरमा हुने दुई दिन फेस्टिभलमा पीएचडी अध्ययनरत शोधकर्ताले प्रस्तुति दिनेछन । सो अवसरमा बिषय बिज्ञहरुले आ-आफनो कार्यपत्र प्रस्तुत गर्ने तथा एक अर्कालाइ अनुभव सुनाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0