oplus_0
<

आरके श्रीवास्तव,राैतहट,०२ गते मंसिर ।

राैतहट-उपनिर्वाचन अन्तर्गत राैतहटकाे तिनवटै नगरपालिकाकाे वडाहरूमा वडा अध्यक्ष पदका उम्मेदवारहरूले मनाेनय दर्ता गराएका छन् । जिल्लाकाे गढिमाई ८,राजपुर ६ र ईशनाथ ७ मा वडा अध्यक्ष पदका उपनिर्वाचन भइरहेको छ ।

सबै उम्मेदवारहरूले आ-आफ्नाे वडामा स्थापित निर्वाचन अधिकृतको कार्यालयमा आइतबार पुगेर मनोनयनपत्र दर्ता गराएका हुन् ।

गढिमाई-८ को वडाध्यक्ष पदका निम्ति निकै प्रतिस्पर्धा हुने।देखिएकाे छ । नेपाली काँग्रेस मधेस प्रदेशका सभापति एवम् पूर्व मन्त्री कृष्णा यादवकाे गृह गाउँ विरनगरा भएकोले पनि राजनीतिक दलहरूकाे कडा टक्कर हुने देखिएकाे छ ।

 

गढिमाइ-८ काे वडा अध्यक्षकाे लागि नेकपा एमालेकाे तर्फ बाट वडा अध्यक्ष पदका उम्मेदवार जिउती देवी यादव आज मनाेनय दर्ता गराएकी हुन् । त्यस्तै जसपा नेपालकाे तर्फ बाट वडा अध्यक्ष पदका उम्मेदवार संदेश प्रसाद यादवकाे उम्मेदवारी परेको हाे ।

 

त्यस्तै नेपाली काँग्रेसकाे  तर्फ बाट वडा अध्यक्ष पदका उम्मेदवार सुबाेध प्रसाद यादवले पनि मनाेनय दर्ता गराएका हुन् ।

एकिकृत समाजवादीकाे तर्फ बाट वडा अध्यक्ष पदका उम्मेदवार प्रमाेद यादव मनाेनय दर्ता गराएका हुन् । त्यसैगरी

गढिमाई ८ मै  जनमत पार्टीका वडा अध्यक्ष उम्मेदवार सुरेन्द्र राउत कुर्मीले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

त्यसैगरी राैतहटकाे राजपुर ६ र ईशनाथ ७ मा पनि वडा अध्यक्ष उम्मेदवारहरूले मनाेनयन दर्ता गराएका हुन् ।

 

उपनिर्वाचनका निम्ति आईतवार बिहान १० देखि अपराह्न ५ बजेसम्म उमेदवारको मनोनयनपत्र दर्ता गराएका छन् । स्थानीय तहका रिक्त ४२ पदका निम्ति यही १६ गते मतदान हुँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0