<

बारा, २२ माघ ।

२६औं स्थापना दिवसको अवसरमा प्रेस चौतारी नेपाल बाराले सोमबार विभिन्न रचनात्मक कार्यक्रम आयोजना गरेको छ।

स्थापना दिवसको अवसर पारेर प्रेस चौतारी बाराले फरक क्षमता भएका विद्यार्थी अध्ययनरत विद्यालयलाई आर्थिक, शैक्षिक तथा खेलकुद सामग्री र संगठमा आवद्ध दुई संचारकर्मीलाई सहयोग रकम हस्तान्तरण गरेको हो।

प्रेस चौतारी बाराले सिमरास्थित नेपाल अपाङ्ग सेवा संघको भवनमा सञ्चालित सुस्त श्रवण र बौद्धिक अपाङ्गता भएका विद्यार्थी अध्ययनरत विद्यालयलाई शैक्षिक तथा खेलकुद सामाग्री र खाद्यान्नका साथै ४० हजारको चेक हस्तान्तरण गरेको छ। विद्यालयमा अध्ययनरत विद्यार्थीको अध्ययन र हेरचाह गर्ने शिक्षकको सेवासुविधाका लागि उक्त रकम हस्तान्तरण गरिएको बताइएको छ।

प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य एवम् बारा इन्चार्ज अच्युत पौडेलले उक्त रकम बराबरको चेक उपलब्ध गराएका हुन्। केन्द्रीय सदस्य पौडेल र मधेस प्रदेशसभा सदस्य देवनारायण चौधरीले नेपाल अपाङ्ग सेवा संघ बाराका अध्यक्ष गंगाप्रसाद वाग्लेलाई चेक प्रदान गरेका थिए।

चेक ग्रहण गर्दै संघका अध्यक्ष वाग्लेले चौतारी बाराले शैक्षिक सामाग्री तथा आर्थिक सहयोग गरेकोमा खुशी व्यक्त गरे।न्युजकारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0