<

आरएन पटेल,बाैधीमाई,१९ गते माघ २०८१ ।
रौतहटको बौधिमाई नगरपालिकाको वडा नम्बर २ मा जनता समाजवादी पार्टी नेपालको वडा कमिटी गठन तथा समाजवादी युवा संघ नेपालको नगर कमिटी गठन कार्य वडा नम्बर २ इनर्वा स्थित दिलीप कुमार पटेलको निवास स्थानमा सम्पन्न गरिएको हो।
पालिकाको नगर कमिटि अध्यक्ष हृदय नारायण राय यादवको अध्यक्षतामा शनिबार पालिकाको वडा नं.२ मा जसपा नेपालको वडा कमिटिको तथा समाजवादी युवा संघ नेपालको विस्तारित बैठक सम्पन्न भएको हो। जसपा नेपालको यस बौधिमाई नपा २ ईनवामा भएको जसपाको वडा कमिटी गठन कार्यमा आदेश प्रसाद पटेलको अध्यक्षतामा ४१ सदस्यीय वडा कमिटि तथा बैनाथ प्रसाद पटेलको अध्यक्षतामा ५१ सदस्यीय युवा संघको बौधिमाई नगर कमिटी गठन गरिएको सामाजवादी युवा संघ नेपालका महासचिव दिलीप कुमार पटेलले जानकारी गराएका हुन।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
