<

सत्येन्द्र प्रताप सिंह,गाैर,माघ १९ गते २०८१ ।
रौतहट । स्राेत नखुलेको १६ लाख भन्दा बढी रकम सहित २ जनालाई भारतबाट नेपाल तर्फ आउँदै गरेको मधेस प्रदेश ०३३ प ९३०८ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा १६ लाख ४९ हजार २०० रुपैयाँ सहित २ जनालाई पक्राउ गरेको हो ।
नगद सहित राजपुर नगरपालिका ४ का शिव कुमार साह, मो. प्रवेज आलमलाई पक्राउ गरेको सशस्त्र प्रहरी बल नम्बर ११ गणका उपरीक्षक विक्रम हुमागाइले बताए ।बरामद गरिएको नगद, मोटरसाइकल सहित दुवै जनालाई आवश्यक कारवाहीका लागि गौर भंन्सार कार्यालय पठाइएको उपरीक्षक हुंमागाइले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
