
आरके श्रीवास्तव,राैतहट,०२ गते चैत ।
राैतहटकाे चन्द्रपुरमा रहेको जनज्याेती बहमुखी क्याम्पसमा यहि चैत ०५ गते स्वतन्त्र बिद्यार्थी युनियनकाे लागि चुनाव भइरहेको छ । स्ववियुकाे चुनाव नजिकिए सँग अहिले चुनावी सरगर्मी बढेको छ ।
जसकाे लागि अहिले उम्मेदवारहरू गाउँमा गाउँमा पस्न थालेका छन् । चुनाव प्रचारप्रसारकाे अन्तिम दिन नेपाल बिद्यार्थी संघकाे सभापति पदका उम्मेदवार माेहम्द नाैसाद आलम सहितका उम्मेदवारहरू आज घरदैलो गर्न गुजरा नगरपालिकाकाे विभिन्न गाउँमा पुगेका छन् ।
साेही क्रममा गुजरा नगरपालिकाकाे वडा नम्बर ४ कनकपुरमा नेपाली काँग्रेस क्षेत्र नम्बर ३ का सह सचिव एवम् नेपाल मुस्लिम संघका केन्द्रीय सदस्य साबिर हुसेनले भव्य स्वागत गरेका छन् ।
नेविसंघका तर्फबाट पुरै प्यानल उम्मेदवारहरू उनकाे निजि निवासमा पुगेका थिए । सबै उम्मेदवारहरूलाई खादा लगाई यूवा नेता हुसेनले जितकाे अग्रिम शुभकामना दिएका थिए ।
साेह क्रममा बाेल्दै नेता हुसेनले नेविसंघकाे जित चाहेर पनि कसैले रोक्न नसक्ने ठोकुवा गरे । नेविसंघकाे पक्षमा सम्पूर्ण बिद्यार्थीकाे साथ र सहयोग रहेकोले जित सुनिश्चित नै रहेको उनले दावी गरेका छन् ।
घरदैलोको क्रममा नेविसंघकाे तर्फबाट सभापति पदका उम्मेदवार आलमले आफनाे प्यानललाई निर्वाचित गराउन आम मतदाता बिद्यार्थीहरूलाई आग्रह गरेका छन् ।
नेविसंघकाे तर्फ बाट उम्मेदवार बनेकाहरू आफनाे चुनावी एजेण्डा सहित बिद्यार्थी मतदाता सँग भेटघाटका लागि गाउँगाउँमा अहिले पुगिरहेका छन् । नेविसंघकाे तर्फ सभापति पदका उम्मेदवार नाैसाद आलम सँगै सचिव पदका लागि शाहिल पुरी,काेषाध्यक्ष पदका लागि समझना कुमारी चाैधरी चुनावी मैदानमा छन् ।
त्यस्तै सदस्य पदमा विकास कुमार दास,आर्जु भट्टराई,राेहन श्रेष्ठ,पुष्पा कार्की,रितिक सिंह,रेजिना कुमारी काफ्ले र सुशील कुमार पहरी चुनाव लडिरहेका छन् ।
त्रिभुवन विश्वविद्यालयले जनज्योती बहुमुखी क्याम्पसमा स्ववियु चुनावको लागि चैत ५ गते बिहान ८ बजेबाट मतदान प्रक्रिया सुरू हुने र दिउँसो ४ बजेसम्म मतदान गर्ने समय ताेकेकाे छ ।
