<

राकेश दास, रौतहट, चैत ०२ गते २०८१ ।

रौतहटमा अबैध रक्सी सहित मानिस पक्राउ परेको छ । बिहिवारका दिन जिल्ला प्रहरी कार्यालय रौतहट कार्यालय तथा मातहत इलाका प्रहरी कार्यालय राजपुर रौतहटबाट गोप्य सुचनाको आधारमा खटिएको प्रहरी टोलीले जिल्ला रौतहट ईशनाथ नगरपालिका वडा नंम्बर ५ जयनगर स्थित सिमा क्षेत्रमा नेपालबाट अबैध रुपमा चोरी निकासी गरी भारत तर्फ लैजाँदै गरेको अवस्थामा पक्राउ परेको प्रहरी ले जनाएको छ ।

सो समानहरु अंदाजि मुल्य रु. १८ हजार २ सय रुपैया बराबरको रक्सी फेला परेको हो । सर–सामानहरु अंदाजि मूल्य रु. १ लाख रुपैया बरावरको बिआर ०५ डि ४३३१ र बिआर ०५ डि ३३११ नम्बरको मोटरसाईकल २ थान रहेको प्रेस बिज्ञप्तीमा उलेख रहेको छ ।

पक्राउ पर्नेमा भारत बिहार राज्य जिल्ला पुर्वी चम्पारण भसेडवा वडा नम्बर १९ बस्ने दरेश यादवको छोरा अंदाजि २० बर्ष को संतोष यादव पक्राउ परेको हो । उक्त समानहरु र मोटरसाईकल गरि जम्मा अंदाजि मुल्य रु. १ लाख १८ हजार दुई सय बराबरको सर–सामानहरु तथा

भारत बिहार राज्य जिल्ला पुर्वी चम्पारण भसेडवा बस्ने दरेश यादवको छोरा संतोष यादव समेतलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता तथा सूचना अधिकारी दिपक कुमार राय बताएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0