<

राैतहट,६ फागुन।

चन्द्रपुर नगरपालिकामा रहेको वडा नम्बर ३ लाई छुट्टै पालिका बनाउने अभियान सुरु भएको छ ।

 

चन्द्रपुर नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष बोधनाथ देवकोटाले चन्द्रपुर नगरपालिकाको १२औं हिउँदे अधिवेशनमा वडा नम्बर ३ लाई छुट्टै पालिका बनाउन माग गर्दै निवेदन दर्ता गराए पछि शनिबार बसेको चन्द्रपुर नगरपालिकाको नगरसभाले त्यसलाई पारित गरेको छ ।

 

चन्द्रपुर नगरपालिका वडा नम्बर ३ मा रहेका विभिन्न बस्तीहरू विकट रहेको र त्यहाँका बासिन्दाहरूले पालिकाबाट पाउने सेवा सुविधा लिन विभिन्न झन्झट रहेका कारण सो वडालाई छुट्टै पालिका बनाउन माग गर्दै वडा अध्यक्ष देवकोटाले चन्द्रपुर नगरपालिकामा निवेदन दर्ता गराएका थिए ।

 

चन्द्रपुर नगरपालिकाको वडा नम्बर २ र ३ का विभिन्न बस्तीहरूलाई समेटेर छुट्टै गाउँपालिका बनाउने अभियानमा आफू लागेको र त्यसै अनुसार चन्द्रपुर नगरपालिकामा निवेदन दर्ता गराएको वडा अध्यक्ष देवकोटाको भनाइ रहेको छ ।

 

वडा नम्बर ३ को भूगोल तथा र प्रशासनिक क्षेत्रलाई छुट्टै पालिकाका रूपमा विकास गर्नका लागि माग गर्दै सो वडाका निर्वाचित जनप्रतिनिधिहरूले चन्द्रपुर नगरपालिकाको कार्यालयमा निवेदन दर्ता गराएका थिए ।

 

चन्द्रपुर नगरपालिकाले चन्द्रपुर नगरपालिकाको वडा नम्बर ३ गैडाटारलाई छुट्टै पालिकाका रूपमा अगाडि बढ्न स्वीकृत प्रदान गरेको छ । अब सो प्रक्रिया प्रदेश सरकार हुँदै संघ सरकारमा पुगेर मन्त्रीपरिषद्को निर्णय भयो भने चन्द्रपुर नगरपालिकाको वडा नम्बर ३ छुट्टै गाउँपालिकाका रुपमा हुने छ । आफूहरू यो प्रक्रियामा लागिसकेको र अब प्रदेश सरकार हुँदै फाइल संघ सरकारसम्म पुर्याउने वडा नम्बर ३ का वडा अध्यक्ष देवकोटाको भनाइ रहेको छ ।न्युज कारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0