<

राैतहट, ६ फागुन । 

चन्द्रपुर नगरपालिकाका विभिन्न स्थानमा रहेका प्रहरी चौकीहरूले वडा कार्यालयबाट इन्धन माग्ने गरेको गुनासो आएको छ ।

 

चौकीहरूले वडा कार्यालयमा इन्धन माग गर्ने गरेको भन्दै उनीहरूलाई इन्धन दिनका लागि चन्द्रपुर नगरपालिकाको १२औं हिउँदै अधिवेशनमा कुरा उठेको हो  । वडामा इन्धनका लागि बजेट नभएको र प्रहरी चौकीहरूले इन्धन माग्ने गरेको भन्दै चन्द्रपुर नगरपालिकाको १२ौं हिउँदै अधिवेशनमा वडा सदस्यहरूले कुरा उठाएका हुन् ।

 

चन्द्रपुर नगरपालिका वडा नम्बर २ का वडा सदस्य संजीव कुशवार माझीले वडा कार्यालयमा प्रहरीले इन्धन माग गर्ने गरेको र आफूहरूले दिन नसकेकाले नगरपालिकाले नै विभिन्न वडामा रहेका चौकीहरूका लागि इन्धनको व्यवस्था गरिदिन माग गरेका हुन् ।

 

रौतहट जिल्लाका विभिन्न स्थानमा रहेका प्रहरी चौकीहरूले स्थानीय पालिकाहरूबाट इन्धन लिने गरेको गुनासो आइरहेका बेला रौतहटको चन्द्रपुर नगरपालिकामा भने १२ हुँदै अधिवेशनमै प्रहरीले इन्धन माग्ने गरेको गुनासो आएको हो ।

 

रौतहट जिल्लाका विभिन्न स्थानमा रहेका प्रहरी चौकी तथा इलाका प्रहरीहरूले सोही स्थानमा रहेका आफ्नो पालिकाबाट इन्धन सहयोग लिँदै आइरहेका छन् ।

 

प्रहरी चौकीले वडा कार्यालयमा गएर हामीहरुले गस्ती गर्नुपर्छ इन्धनको व्यवस्था गरिदिनुस् भन्ने गरेको र आफूहरुले इन्धन दिन सक्ने अवस्था नरहेका कारण त्यसको व्यवस्थापन नगरपालिकाले गरिदिनु पर्ने वडा सदस्य कुशवारले नगर अधिवेशनमा माग गरेका

हुन् ।

 

रौतहट जिल्लाको अधिकांश स्थानमा रहेका इलाका प्रहरी कार्यालय तथा प्रहरी चौकीहरूमा रहेका गाडी तथा मोटरसाइकल स्थानीय पालिकाहरूले दिने अनुदानको तेलबाट चल्दै आएका छन् ।न्युज कारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0