<

आरके श्रीवास्तव,रौतहट,०३ गते कार्तिक ।
रौतहटको फतुवा विजयपुर नगरपालिकाले बजेट ल्याएको छ । शनिबार फतुवा विजयपुर नगरपालिकाले यस वर्ष जनमुखी योजना ल्याएको छ । बिजयपुर स्थित नगरपालिकाको सभाकक्षमा बजेट अधिवेशन बोलाईएको थियो ।


कार्यवाहक नगर प्रमुख अम्बेया खातुनको अध्यक्षतामा सम्पन्न भएको नगरसभामा प्रमुख अतिथिको रूपमा मधेस प्रदेश सरकारका अर्थमन्त्री सुनिल कुमार यादव उर्फ जितेन्द्र
रह्नु भएको थियो । विशिष्ट अतिथिको रूपमा जिल्ला समन्वय समिति रौतहटका सभापति रामअयोध्या प्रसाद यादव रहनु भएको थियोे ।


नगरपालिकाले आठौं नगरसभा बाट जनमुखी नीती र कार्यक्रम ल्याएको छ । नगरपालिका नगर कार्यपालिकाबाट पास गरेको निती तथा कार्यक्रम कार्यान्यवन गर्न ६० करोड भन्दा बढी बजेट विनियोजन गरेको हो ।

हरेक वर्ष असार १० गते बजेट ल्याउनु पर्ने प्रावधान रहेको छ । विभिन्न कारणबस ढिलै भएपनि नगरसभा शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । धेरै उत्साहका साथ सम्पन्न भएको आठौं नगरसभा बाट फतुवा विजयपुर नगरपालिकाको जनताको मन जितने किसिमको निती तथा कार्यक्रम पारित गरेको हो । कार्यवाहक नगरप्रमुख खातुनको आदेशाअनुसार रंजन खरेलले बजेट वक्तव्य पढेर सुनाउनु भएको थियो ।

नगरपालिका नगर कार्यपालिकाबाट पास गरेको निती तथा कार्यक्रम कार्यान्यवन गर्न ४९ करोड भन्दा बढी बजेट विनियोजन गरेको हो । नगरको चौतर्फि विकासको लागि यसै चालु आर्थिक वर्ष २०८१र८२ का लागि ६० करोड ७७ लाख ०७ सय ९८ रुपैयाँको बजेट पारित गरिएको लेखापाल कामेश्वर सहनीले जानकारी गराउनु भयो ।

यस वर्ष शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि, यातायात, खानेपानी तथा सरसफाइ, विधुत, भौतिक पुर्वाधार निर्माण कार्य, पर्यटन तथा संस्कृति, लगाएतको विशेष प्राथमिकतामा राखी उक्त बजेट प्रस्तुत गरिएको उनले बताए ।

सो नगरपालिकाको पुँजिगत तर्फ २६ करोड ४६ लाख ४६ हजार ७ सय १० रूपैयाँ र चालू तर्फ ३४ करोड ३० लाख ५४ हजार ८८ रूपैयाँ मात्र विनियोजन गरिएको छ ।
कार्यक्रम सञ्चालन सुधिर यादवले गर्नु भएको थियो । सो अवसरमा विधायक प्रत्यासी शेख सेराज,नेपाली काँग्रेसका यूवा नेता ज्ञानेन्द्र यादव,वडा नम्बर १ का वडा अध्यक्ष बिजय यादव,वडा नम्बर २ का वडा अध्यक्ष अनिरूद्व यादव,वडा नम्बर ३ का वडा अध्यक्ष रामईश्वर यादव,वडा नम्बर ४ का वडा अध्यक्ष सतिश कुमार यादव,वडा नम्बर ८ का वडा अध्यक्ष नितेश चौधरी,वडा नम्बर ९ का वडा अध्यक्ष राकेश यादव सहित सबै वडाका वडा अध्यक्षहरू, जनप्रतिनिधिहरू, पत्रकार, सुरक्षाकर्मी,कर्मचारीहरू सहितका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0