<

ओमप्रकाश यादव,राैतहट,०२ गते कार्तिक । 

राैतहटकाे माधवनारायण नगरपालिकालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गराउन नगर प्रमुख बैजनाथ प्रसाद यादवले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने तयारी गरेका छन्।

 

माधवनारायणलाई संकटग्रस्त क्षेत्र घोषणा गराउन मेयर बैजनाथ यादवले आज रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीसंग भेटेका छन् र यस कार्यमा पहल कदमी लिन सिडिओ रेग्मीलाई आग्रह गरेका छन् ।

 

बाढीबाट माधव नारायण नगरपालिका समेत प्रभावित भएकोले माधवनारायणलाई पनि सरकारले संकटग्रस्त क्षेत्र घोषणा गर्नुपर्ने मेयर बैजनाथ प्रसाद यादवको माग छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0