<

 

बाँके,मंसिर १७,/         

– बाँकेको कोहलपुरबाट साढे १२ किलोभन्दा धेरै चरेस र २ किलोभन्दा धेरै अफिमसहित दम्पती पक्राउ परेका छन् ।

लागुऔषध कारोबार गरेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट गएको प्रहरी टोलीले कोहलपुर–८ पिपिरीबाट ४० वर्षका रेवन्त राना र उनकी श्रीमती ३३ वर्षकी कविता थापालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक (डीएसपी) नारायण डाँगीले जानकारी दिनुभयो । उनीहरूको साथबाट बा ५ प ८२१५ नम्बर जीपसहित १२ किलो सात सय चार ग्राम चरेस र दुई किलो एक सय १६ ग्राम अफिम बरामद भएको डीएसपी डाँगीले बताउनुभयाे ।

रेवन्त यसअघि पनि २०७१ चैत १९ गते जिल्ला प्रहरी बर्दियाबाट लागुऔषध कसुरमा पक्राउ परेका थिए । तत्कालीन समयमा रेवन्तविरुद्ध बाँके प्रहरीले २०७२ साल असोज २० गते सार्वजनिक अपराधमा मुद्दा दायर गरेको थियो । साथै इलाका प्रहरी कार्यालय कोहलपुरले २०७३ साल असार ३ गते लागुऔषध मुद्दामा उनलाई पक्राउ गरेको प्रहरीको भनाइ छ । पक्राउ परेका दम्पतीविरुद्ध अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0