<

 

आरके श्रीवास्तव,रौतहट,२८ गते असोज ।

सर्वसाधारणलाइ आउजाउ गर्न सहज हुने उदेश्यले लचका निर्माण गरिएको छ । जिल्लाको दक्षिणी भेग ईशनाथ नगरपालिका–गौर नगरपालिका जोड्ने लालबकैया नदीमा लचका निर्माण गरिएको छ । वर्षायाम समाप्त भएसँगै लचका निर्माण गरिएको हो ।

 

पानीको बहाव कम भएसँगै सो ठाउँमा लचका निर्माण गरिएको हो । गौर नगरपालिका वडा नम्बर ४ टिकुलिया निवासी बिकाउ सहनीले आफ्नो निजि लगानीमा बासको लचका निर्माण गरेको स्थानिय पत्रकार अरविन्द यादवले जानकारी गराएका हुन् ।

 

उक्त ठाउँमा वर्षौदेखि पुल बन्ने क्रममा छ । समयमा पुल नबन्दा स्थानियलाइ सास्ती खेप्नु परेको छ । निर्माण कम्पनीको ढिलासुस्तीका कारण लालवकैया नदी तर्न स्थानीयलाई कठिनाइ हुँदै आएको छ । उक्त ठाउँमा पुल निर्माणको काम चाँडै सकाउन स्थानीय युवा संजय सहनीले अनसन समेत बसेका थिए । तर उनलाइ आश्वासनको पोका मात्रै दिइयो पुल भने बनेन् ।

 

पुल बनाउन ढिला गरेको भन्दै स्थानीयले सधैं आलोचना समेत गर्दै आएका छन् । उक्त ठाउँ लालबकैया टिकुलिया घाटमा पुल नहुँदा पटक पटक डुंगा पल्टिने गरेको घटना हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0