<

 

दैलेख,मंसिर १७,         

— प्रमुख प्रतिपक्ष नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको अवस्थामा समेत प्रतिगमनका कुरा गर्ने सबै देशद्रोही भएको बताएका छन् ।

एमालेले सञ्चालन गरेको ‘झुलाघाट चिवाभन्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’ को चौथो दिन कर्णाली प्रदेशको राकम कर्णालीमा आयोजित सभालाई स‍म्बोधन गर्दै ओलीले लोकतान्त्रिक गणतन्त्रभन्दा राजतन्त्रलाई उत्तम ठान्ने, पछिल्लो राजनीतिक परिवर्तनलाई उपलब्धि नठान्ने तत्त्व, जनताको हित नचाहने देशद्रोही भएको बताए ।

देशलाई दुनियाँको आकर्षक गन्तव्य बनाउन सकिन्छ भन्ने पनि केपी शर्मा ओलीको भनाइ छ । एमालेले दुर्गम ठाउँहरूको विकास, हिमाल, पहाड, तराई र मधेशका सबै पेसा व्यवसायहरूको समृद्धि गर्ने, कृषिको आधुनिककीकरण गर्ने, देशलाई औधोगिकीकरणतर्फ लग्ने, व्यापार सन्तुलन गर्ने नीति लिएको बताउँदै नेपालका सारा जनतालाई शिक्षित बनाउने, निरोगी नेपालको परिकल्पना एमाले र यसको नेतृत्वले लिएको उनको भनाइ थियो ।

दुनियाँका मानिसलाई एक पटक प्राकृतिक सुन्दरता, विकासको मोडेल, समृद्धिको नमुना हेर्न नेपाल आउने अवस्था बनाउन एमाले सक्षम रहेको ओलीको भनाइ थियो । अध्यक्ष ओलीले दैलेखको राकम कर्णालीमा एक सय सैयाको अस्पताल खोल्ने आफ्नो सपना पूरा भएको बताए ।

ओलीले स्मार्ट सिटीको योजना अगाडि सार्ने क्रममा सरकारबाट हट्नुपरेको बताए । एमालेको सरकारले स्मार्ट सिटी बनाउने घोषणा गरेपछि यसको महत्त्व थप बढेको उनको भनाइ थियो । पछिल्लो समय राजनीतिक रुपमा अस्थिरता निम्तिएको उनले बताए। आफूले सरकारको नेतृत्व लिएको बेला बेरोजगार, विभेदको अन्त्य भएको उनको दाबी थियो ।

अहिले एमालेले सरकारको व्यवहार जाँच्न पदयात्रा सुरु गरेको ओलीको भनाइ थियो । एमालेले सत्ताको तर्फबाट जनतालाई लोकतान्त्रिक व्यवहार भएको छ कि छैन भन्ने कुरा हेर्न गाउँ-गाउँमा कार्यक्रम गरिरहेको उनले बताए । जनता, शिक्षक, विद्यार्थी, सेना, प्रहरी, सशस्त्र प्रहरीका समस्या, विद्यालयका शिक्षक, कृषकका समस्या बुझेर आगामी दिनमा तीनै तहका सरकारमा नीति निर्माण गर्ने रणनीति महत्त्वका हिसाबले पनि आफू यो अभियानमा आएका उनले बताए ।

२०८४ मा एमाले नेतृत्वमा एकल सरकार बन्ने पनि ओलीले बताए । एमालेको नेतृत्व नहुँदा नेपालको भूमि चुँडिन बेर नलाग्ने, भूमि मिचिने डर रहेको, कुशासन बढेर जाने उनले दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0