<

 

मंसिर ८,

गणतन्त्र विरोधी आन्दोलनको बाछिटा तल्लो तहसम्म पुगेको छ। ‘राष्ट्र, राष्ट्रियता, राजसंस्थासहितको बैद्धिक, सनातन हिन्दु राष्ट्र पुर्नस्थापना अभियान’ले शुक्रबार कञ्चनपुरको महेन्द्रनगरमा गणतन्त्रविरुद्ध प्रदर्शन गरेको छ।

उनीहरूले महेन्द्रनगरस्थित भीमदत्त वाटिकामा रहेको किसान नेता भीमदत्त पन्तको सालिक तोडफोड पनि गरेका छन्।

तत्कालीन राज महेन्द्रले निर्माण गरेको वाटिकाको अहिले भीमदत्त नामाकरण गरिएको भन्दै आक्रोशित राजावादी समर्थनले शालिक तोडफोड गरेका हुन।

वाटिकाको मूल प्रवेशद्धारमा उल्लेखित भीमदत्त वाटिका मेटाएर उनीहरूले महेन्द्र पार्क लेखेका छन्।

गणतन्त्रविरोधी नारा लगाउँदै स्थानीय मदनचोक हुँदै महेन्द्रनगर बजारभरी उनीहरूले प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका क्रममा राजा र हिन्दुत्वसँगै भ्रष्टाचार, धर्म परिवर्तन र बेरोजगारी लगायतका विषयमा पनि चर्का नाराबाजी गरिएको छ। यो प्रदर्शनमा राप्रपाका नेता कार्यकर्ता सहभागी थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0