<

 

  ८ मंसिर, काठमाडौँ/

 प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपाल भ्रमणमा रहनुभएका कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखैरीले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

भेटवार्ताम उहाँहरुबीच दुई देशबीचको आपसी सम्बन्ध, आपसी हित र चासोका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । साथै उहाँहरुबीच लगानी र श्रम सहयोगबारे पनि विचार आदानप्रदान भएको बताइएको छ ।

यसअघि विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखैरीले  परराष्ट्रमन्त्री एन पी साउदसँग उहाँको कार्यकक्ष सिंहदरवारमा भेटवार्ता गर्नु भएको थियो  ।

भेटमा साउदले कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखैरीसँग हमासको नियन्त्रणमा रहनुभएका नेपाली विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0