<

 मंसिर ८

स्टार कलाकार कास्ट गर्यो भने फिल्म लगानी उठ्ने निर्माताहरूको विश्वास छ। कलाकारको स्टारडमले फिल्म बिक्छ।

तर दक्षिण भारतीय फिल्म ‘मलिकापुरम’ मार्फत ८ वर्षकी बालिकाले बक्स अफिसमा तहल्का मच्चाएकी थिइन्। उनी हुन् देवा नन्दा। फिल्ममा उनले ‘कल्लू’ नामकी पात्रको भूमिका निर्वाह गरेकी थिइन्।

उनी फिल्ममा सबरीमाला मन्दिर गएको देखिन्छिन्। उक्त मन्दिरमा १० देखि ५० वर्षको महिलाले प्रवेश गर्न नमिल्ने हुन्छ। तर उनको भक्तिको कारण बालिका मन्दिरमा जान्छिन्।

महिलाको प्रवेश निषेध गरेकै कारण यो मन्दिर विवादमा छ। यही मन्दिरको बारेमा फिल्ममा देखाइएको छ। फिल्मको मुख्य भाग नै यही मन्दिर रहेको छ। त्यसैले फिल्मलाई दर्शकले धेरै मनपराएका थिए।

१० करोड भारू बजेटमा बनेको फिल्म सन् २०२२ मा प्रदर्शन भएको थियो। फिल्मले ५२ करोड ९ लाख भारू कमाएको थियो।

विष्णु शशी शंकरले निर्देशन गरेको फिल्मको कथा अभिलाष पिल्लईले लेखेका हुन्। फिल्ममा देवा नन्दासँगै उन्नी मुकुन्दन, श्रीपथ, सैजु कुरूप, रमेश पिशारोडी, टिजी रविलगायत कलाकारको अभिनय छ।

यो फिल्मलाई ओटिटी प्लेटफर्म डिज्नी प्लस हटस्टारमा देख्न सकिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0