<

 

रन्धिर साह, रौतहट, साउन २ गते ।

नेपाल सरकारले गरेको हुलाक कार्यालय खारेजको निर्णयलाई सर्वोच अदालतले खारेज गरि पुन हुलाक कार्यालय रहने घोषणा गरेसंगै हुलाकी कर्मचारीहरु खुशी भएका छन् । उनीहरु खुशीका साथ पुर्ण आ आफ्नो काममा जुटेको जिल्ला हुलाक कार्यालय रौतहटका देवाही गोनाही नगरपालिका वडा नम्बर ६ का पत्र वितरक भाग्यनाराएन झाले बताएक छन् । उनका अनुसार सरकारको आदेश अनुचिर रहेको र सर्वोचले हामी करिब १० हजार भन्दा बढी हुलाकका कर्मचारीहरुलाई संरक्षण दिएकोमा अदालत प्रति विशेष धन्यवाद दिदै पुण खुशीका साथ आफ्नो काममा लागेको बताए ।

सो पालिकाको हुलाक कार्यालय कर्कचका प्रमुख अनुपा महतोले भने सरकारले बजेट भाषण मार्फत देशभरका अतिरिक्त हुलाक खारेज गर्ने घोषणा गरेसँगै हामी वितेको असार २१ गतेदेखिनै देशभरी एकै साथ आन्दोलनमा उत्रेका थियौँ । सरकारले आगामी आर्थिक वर्ष २०८०र०८१ को बजेट वक्तव्यको बुदा नं। ३७४ मा उल्लेखित अतिरिक्त हुलाक खारेज गर्ने भन्ने निर्णयप्रति अतिरिक्त हुलाक एशोशीएसनले सरकारको ध्यानाकर्षण कराएको थियो ।

समय सापेक्ष अतिरिक्त हुलाक स्तरोन्नती र आधुनिक व्यवस्थापन गर्नुको सट्टा खारेजीको निर्णयले कर्मचारीलाई आन्दोलित बनाएको कार्यालय प्रमुख महतोले बताए । अतिरिक्त हुलाक कार्यालयमा हुलाक प्रतिनिधि, हुलाकपत्र वितरक र डाक वाहक भन्ने तीन तहका कर्मचारी छन् । हुलाक प्रतिनिधिले आठ हजार तीन सय १० रुपैँया तलव पाउँछन् भने वितरक र डाकवाहकले मासिक सात हजार दुई सय ७५ रूपैयाँ तलव पाउँछन् ।

राज्यले अहिले ती कर्मचारीहरूलाई घर न घाट बनाउन लागेको थियो तर, अहिले असार ३१ गते सर्वोच अदालतले गरेको फैसलाबाट हामीले पुर्ण बाचन पाएको भन्दै अदालतलाई धन्यवाद समेत ज्ञापन गरेका छन् । सो गाउँमा देवाही गोनाही नगरपालिका वडा नम्ब्र ६ का कार्यालय प्रमुख अनुपा महतो, डाकिया चुनचुन झा र पत्र वितरक भाग्यनारायएन भाm सहित तीन जना हुलाक कर्मचारीहरु रहेका छन् । आइतबार कार्यालय सुरु भएसंगै वडा नम्बर ६ का लागि मात्र ५० भन्दा बढी चिट्री आएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0