<

काठमाडौँ । बलिवुड अभिनेता शेखर सुमन भारतीय जनता पार्टीमा प्रवेश गरेका छन् । शेखर सुमन दिल्लीस्थित भाजपा मुख्यालयमा पार्टीमा सामेल भएका हुन् ।

शेखर सुमन भाजपामा सामेल भएपछि अहिले उनी र अभिनेत्री कंगना रनावतको विगतको विवादको विषयमा प्रश्न उठाइएको छ ।

शेखर सुमन भाजपामा प्रवेश गरेपछि उनको र कंगनाको चर्को आलोचना भइरहेको छ । तर, अब शेखर आफै अगाडि आएर कंगनालाई समर्थन गरेका छन् ।

शेखर सुमनले हिमाचल प्रदेशको मण्डीबाट लोकसभा चुनाव लड्दै आएकी कंगना रनौतका लागि प्रचार गर्न तयार रहेको बताएका छन् ।

कंगनले यसअघि शेखर सुमनका छोरा अध्ययनसँग डेट गरेकी थिइन् । सन् २००८ मा मोहित सुरीको फिल्म ‘राज– द मिस्ट्री कन्टिन्युज’ को सेटमा यी दुईको भेट भयो र प्रेममा परे । यसपछि अभिनेताले सार्वजनिक रूपमा कंगनामाथि कालो जादू गरेको आरोप पनि लगाएका थिए ।

दुवै एउटै पार्टीमा प्रवेश गरेपछि मानिसहरूले दुवैको चर्को आलोचना गरिरहेका छन् ।न्युज कारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0