<

बारा,२६गते वैशाख । बारा जिल्लाको महागढीमाइमा समयमा जन प्रतिनिधि तथा कर्मचारी कार्यालयमा नपुग्दा सेवा–सुबिधा प्रभावित भएको छ । आज बिहान ११ः३० बजे सम्म निमित प्रमुख प्रशासकिय अधिकृत विजय प्रसाद कुशवाहा , नगर प्रमुख उपेन्द्र प्रसाद यादव, उप प्रमुख तारा देवी कानु, वडा नं. २ का वडा अध्यक्ष विश्वनाथ प्र. कुशवाहा, वडा सचिव संजय श्रेष्ठ लगायत अधिकांश जन प्रतिनिधि तथा कर्मचारीशरु आफनो कार्यालय तथा कार्यकक्षमा उपस्थित नभएका कारण सेवा गा्रहीहरुको सेवा सुविधा प्रभावित भएको छ । नगर प्रमुख, उप प्रमुख तथा नि. प्रशासकिय अधिकृत ११ः३० सम्म बिना सुचना तथा जानकारी कार्यालयमा नआउँदा संम्बन्धित कार्यालय संग हुने सेवा प्रदान प्रभावित भएको सेवा ग्राहीहरुको गुनासो रहेको । यसै गरी महागढीमाई २ का रुवी खातुन नगरीकता प्रतिलिपि सिफारीस लगायत अन्य ६÷७ जना सेवा ग्र्रहीहरु सेवा लिन कार्यालयमा कुरेर बसेको तथा काममा ढिल्ला सुस्ती बढेको गुनासो गरेका छन् । आज–भोली स्थानिय जन प्रतिनिधि र कर्मचारीहरु नियमित तथा समयमा कार्यालय नपुग्दा सेवा गा्रहीहरुको काम कर्वाहीमा ढिल्ला सुस्ती बढनुको साथै सार्वजानीक सेवा सुविधा प्रभावित भईरहेको बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0