<

राैतहट,२० गते चैत ।

अहिले संचालन गरिएको सहकारी भविष्यमा नयाँ पुस्ताको लागी वरदान सावित हुने दाबी सहकारीकर्मीहरुले गरेका छन । ६७ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा गुजरा नगरपालिकाको आर्थिक सहयोगमा नगर स्तरिय सहकारी समिती (सन्जाल) को आयोजनामा मंगलवार गुजरा १ मनहर्वामा आयोजित कार्यक्रममा यस्तो दाबी गरेका हुन ।No description available. सहकारीले वर्तमान भन्दा पनि भविष्यमा नयाँ पुस्ताको लागी आर्थिक सम्वृद्धी गर्न ठुलो योगदान पुर्याउने सहकारीकर्मीहरुको भनाई थियो । सहकारीमा सुशासन प्रविधी र एकिकरण भन्ने मुल नाराका साथ आयोजित कार्यक्रममा गुजरा नगरपालिकाका मेयर एवम कार्यक्रमका प्रमुख अतिथी सन्तलाल चौधरीले गाउ गाउमा रहेका विपन्न र मध्यम वर्गिय परिवारको आर्थिक समस्या टार्न अहिले पनि सहकारीले ठुलो योगदान पुर्याईरहेको बताए । ‘यसले विपन्नको जिवन स्तरमा मात्र होईन नगरको आर्थिक पाटोमा योगदान पुर्याईरहेको छ,’ उनले भने, ‘आर्थिक संकट टार्न नगरवासीलाई बैंक धाउनु पर्ने वाध्यतालाई हटाएको छ ।’ नगरभित्रका सहकारीलाई थप बलियो बनाउन आफुले सक्दो सहयोग गर्ने आश्वासन समेत उनले दिए । No description available.बुद्ध कृषि सहकारी संस्थाकी अध्यक्ष लक्ष्मी चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा गुजरा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजकुमार अधिकारी, साना किसान कृषि सहकारी संस्था रंगपुरका अध्यक्ष धर्मेन्द्र धामी, कृषि सहकारी कम्पनी चन्द्रपुर शाखाका प्रमुख गोविन्द घिमिरे, गुजरा नगरपालिका वडा नं. १ का वडाध्यक्ष रामजी चौधरी, वडा नं. २ का वडाध्यक्ष अशोक खाँ थारु, कार्यपालिका सदस्य विजय शाह बनिया, महिला साना किसान कृषि सहकारी संस्थाकी रत्ना कुमारी चौधरी, ध्रुवतारा महिला कृषि सहकारी संस्थाकी निला पोखरेल, शिक्षक रामअयोध्या चौधरी, साना किसान कृषि सहकारी संस्था गुजराका मुख्य प्रबन्धक कपुरीलाल बण्ठा लगायतकाले सहकारी दिवसमा शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।No description available. कार्यक्रममा नगर भरीका ४३ वटा सहकारी संस्थाका प्रतिनिधी, सदस्य, समाजसेवी, शिक्षाप्रेमी, संचारकर्मी लगायतको उपस्थिती थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0