<

काठमाडौँ । ब्राजिल अहिले प्राकृतिक प्रकोपसँग लडिरहेको छ । ब्राजिलको दक्षिणमा अवस्थित रियो ग्रान्डे डो सुल राज्यमा एक साताभन्दा बढी समयदेखि परेको भारी वर्षाका कारण बाढी आएको छ ।

यस बाढीका कारण करिब एक सय जनाको मृत्यु भएको समाचार छ । बाढीबाट १४.५ लाख मानिस प्रभावित भएका छन् । दुई लाख मानिस घर छाड्न बाध्य भएका छन् । ब्राजिलको सिभिल डिफेन्स एजेन्सीको तथ्यांक अनुसार बाढी र वर्षाका कारण हालसम्म ९९ हजार ८ सय घर आंशिक वा पूर्ण रुपमा ध्वस्त भएका छन् ।

ब्राजिलको रियो ग्रान्डे डो सुल राज्यमा अप्रिल २९ देखि भारी वर्षा भइरहेको छ । जसका कारण राज्यका ४९७ सहरमध्ये ४१४ वटा बाढीको चपेटामा परेका छन् । यो राज्य ब्राजिलको शीर्ष कृषि र पशुपालन राज्य हो । अर्जेन्टिना र उरुग्वेको सिमानामा अवस्थित यस राज्यले वर्षा र बाढीका साथै आँधीको सामना गरिरहेको छ ।

एक अनुमान अनुसार यो बर्षा र बाढीले करिब ४ अर्ब ६० करोड रियालको आर्थिक नोक्सान हुनुका साथै ठूलो मात्रामा आवास तथा पूर्वाधारमा क्षति पुगेको छ ।न्युज कारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0