<

बज्जिकाञ्चल संवाददाता,रौतहट,०५ गते चैत ।
रौतहट । रौतहट जिल्लाको राजदेवी नगरपालिका वडा नम्बर ८ लक्ष्मीपुर बेलविछवामा रहेको नेपाल रेडक्रस सोसाइटी उपशाखाको २७ औं वार्षिक साधारण सभा तथा सातौ उपशाखा अधिवेशन भव्यताका साथ सम्पन्न भएको छ । उपशाखाका सभापति रामविलास साहको सभापतित्व तथा जिल्ला शाखाका सभापति राज किशोर प्रसाद यादवको प्रमुख आतिथ्यमा विधिविधान पूर्वक सम्पन्न भएको छ ।

समाजमा हुने आपदा विपदामा सहयोग गर्दै अईरहेको रेडक्रस लाई भेलामा आएका भद्रभलादमीहरुले धन्यवाद दिदै प्रशंसा समेत गरेका थिए । सो कार्यक्रममा विशिष्ट अतिथि तथा निर्वाचन अधिकारीको रुपमा मन्त्री धर्मेन्द्र प्रसाद सिंह, उपशाखा महादेवपट्टीका सभापति हेमन्त यादव, शाखा अधिकृत कपिलदेव पंडित, समाजसेवी तथा राजनीतिज्ञ शंकर राय यादव, मिथलेश यादव, रामदरेस यादव, सचिव शिवमंगल पंडित, समाजसेवी राकेश यादव, परमेश्वर यादव, कृष्णनन्दन साह, राजेन्द्र साह, जगत साह, बिजय यादव, भाग्यनारायण साह, शम्भु ठाकुर, सुरज साह लगायतका उपस्थितीमा सचिव तथा कोषाध्यक्षबाट प्रस्तुत वार्षिक तथा आर्थिक प्रतिवेदन सभासद बाट पारित गर्दै नयाँ नेतृत्वमा पुनः रामविलास साहको सभापतित्वमा ११ सदसीय निर्विरोध कार्यसमिति गठन गरी सम्पन्न भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0