<

आरके श्रीवास्तव,रौतहट,०३ गते चैत ।
देशमा संघियता आएदेखि आम नागरिकको सेवा सुविधामा बढोतरी भएको छ । अहिलेको व्यवस्था प्रति असंतुष्टी बढिरहेको बेला नागरिकलाइ प्रत्यक्ष लाभ भएको तिर कसैको ध्यान छैन् । यसको कुनै चर्चै छैन् । गणतन्त्र आएपछि केही परिवर्तन भएन भन्नेहरु एकचोटी रौतहटको ग्रामीण क्षेत्रलाइ नियालेर हेर्नुपर्ने अहिलेको आवश्यकता देखिन्छ । बाटोघाटो कालोपत्र,पक्कीकरण मात्र होइन् स्वास्थ्य सेवामा पनि सुविधा पाएका छन् ।
कुनै बेला गाउँघरमा समयमा एम्बुलेन्स नपुगेर अकालमै गर्भवती महिलाको मृत्यु हुने गरेको घटना धेरै सुनिन्थ्यो । तर आजकल यो कमै सुन्न पाइन्छ । यो सबको देन स्थानिय सरकारलाइ जान्छ । रौतहटको राजपुर नगरपालिकाको नगरभरीको गर्भवती महिलाको लागि निःशुल्क एम्बुलेन्स सेवा प्रभावकारी बन्दै गएको छ ।
सो सेवाबाट लाभ लिने गरिब र विपन्नहरु दिनप्रतिदिन बढ्दै गएका छन् । दैनिकजसो आधादर्जन भन्दा बढी सेवाग्राहीहरुले निःशुल्क एम्बुलेन्स सेवा उपभोग गर्दै आएका छन् । प्राथमिक स्वास्थ्य केन्द्र राजपुर फरहदवामा पहिलादेखि नै एउटा एम्बुलेन्स निःशुल्क रुपमा सञ्चालन हुँदै आएको थियो ।
केहीदिन अघिमात्र नगर प्रमुख डा.राजिक आलमले संघिय स्वास्थ्य मन्त्रालयमा पहलगरी अर्को नयाँ एम्बुलेन्स निःशुल्क रुपमा सञ्चालमा ल्याएपछि आम नागरिकलाइ झन सहज भएको छ । यसबाट नगरवासी लाभान्वित भइरहेका छन् ।
आवश्यक परेको बेला सबैले लाभ पाइरहेको प्रमुख प्रशासकिय अधिकृत बैजु ठाकुरले जनाएका हुन् । ठाकुरले एक महिनाको अवधिमा १ सय ५० जनाभन्दा बढी विपन्न र गरिबले अति आवश्यक परेको बेला निःशुल्क एम्बुलेन्स सेवा लिएको बताएका हुन् ।

आपत्कालीन अवस्थामा नगरवासीलाइ अस्पताल पुग्न निकै सहज भएकोले निःशुल्क एम्बुलेन्स सेवा निकै प्रभावकारी बन्दै गएको मेयर डा.आलमको भनाइ छ ।
मेयर आलमले भन्नुभयो, “नगरभित्र मात्रै होइन कोही असाध्यै गरिब र असहायले अनुरोध गर्दा नगर बाहिरसम्म पनि न्यून शुल्कमा सेवा दिने गरेका छौँ । गर्भवती बाहेक अन्य विरामीलाइ पनि न्यून शुल्कमा सेवा दिने गरिन्छ । “निःशुल्क एम्बुलेन्स सेवा २४ सै घण्टा सञ्चालनमा रहेको उनी बताउँछन् ।
मेयर आलमले भन्नुभयो, “पैसा नभएका बिरामीलाई अस्पतालसम्म पुग्न कुनै कठिनाइ नपरोस् भन्ने उद्देश्यले यो सेवा चौबिसै घण्टा एम्बुलेन्स नगरपालिकाले सञ्चालनमा ल्याएको हो, यसबाट गरिब र विपन्नले फाइदा पाउन थालेको हुँदा निकै खुसी लागेको छ ।“
राजपुर नगरपालिकाका मोजरे आलम भन्छन्—पैसा नभएको र आपत् परेको बेला उपमहानगरको निःशुल्क एम्बुलेन्सको सहयोग पाउँदा बिरामीको ज्यान जोगिएको छ । समयमा एम्बुलेन्स सेवा पाउँदा आफ्नो गर्भवती पत्नीले समयमै उपचार पाएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0