<

आरके श्रीवास्तव,राैतहट,२२ गते माघ । 

राैतहटकाे वृन्दावन नगरपालिकाकाे ७ मा रहेको श्री रूपा नेपाली पाल माध्यमिक बिद्यालयमा सरस्वती मन्दिर निर्माणका लागि नगर प्रमुख बिनाेद प्रसाद कुर्मी र वडा अध्यक्ष जगरनाथ प्रसाद भेडिहरले संयुक्तरूपमा प्रतिबद्धता जनाएका छन् ।

साेमबार वसन्त पञ्चमी(सरस्वती पुजा)काे अवसरमा आयाेजित कार्यक्रमलाई सम्बाेधन गर्दै वहाँहरू आ-आफ्नो प्रतिबद्धता जाहेर गरेका हुन् । नगर प्रमुख कुर्मीले बिद्यालयमा अधुरो रहेको भवन प्लास्टर,रंगरोगन,झ्यालढाेका निर्माणका लागि नगरबाट रू २५ लाख तथा सरस्वती मन्दिर निर्माणका लागि रू ५ लाख सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको प्रधानाध्यापक धर्मेन्द्र कुमार सिंहले जानकारी गराउनु भएको हाे ।

उक्त कार्यक्रममा बाेल्दै मेयर कुर्मीले शिक्षककाे लगन,मिहिनेत,प्रयत्नले बिद्यालयकाे प्रगति प्रति खुशी व्यक्त गर्दै शिक्षक कर्मचारी वृत्तिकालागि रू ५१ हजार पुरस्कार प्रदान गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भयाे ।

साथै कार्यक्रममा वडा नम्बर ७ का वडा अध्यक्ष जगरनाथ प्रसाद भेडिहरले सरस्वती मन्दिर निर्माणका लागि वडाबाट रू १ लाख ११ हजार सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।

साेही क्रममा मेयर कुर्मीले संघिय सरकारबाट नगरपालिका मार्फत प्राप्त अनुदानबाट बिद्यालयमा निर्मित विज्ञान प्रयाेगशालाकाे उदघाटन,बालबालिकाकाे अक्षरारम्भ,नव निर्मित शिक्षक कर्मचारीकाे कक्ष र प्रधानाध्यापककाे कक्षकाे अवलाेकन गर्नु ।

उक्त कार्यक्रम सम्पन्न गर्न बिद्यालयकाे निमन्त्रणा स्विकार गरि आईदिनु हुने सम्पूर्ण प्रति प्रधानाध्यापक सिंहले जानकारी गराएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0