<

राकेश दास, रौतहट, फागुन २७ गते २०८१ ।
रौतहटमा भन्सार छली गरी ल्याउँदै गरेको सामानहरु सहित मानिस पक्राउ परेको छ । हिजो सोमवारको दिन जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहत समेतबाट खटिएको प्रहरी चेकिङ टोलीले विभिन्न स्थानहरुमा विभिन्न सवारी साधनहरुलाई रोकी चेकजाँच गर्ने क्रममा अबैध रुपमा भन्सार छलीको समानहरु बरामद गरिएको प्रहरीले जनाएको छ ।
चोरी पैठारी गरी ल्याउँदै गरेको अन्दाजि मुल्य रु ७८ हजार आठ सय पचिस बराबरको मोटरसाईकलको पार्टहरु, विभिन्न किसिमको लत्ताकपडा तथा किराना सर–सामानहरु फेला परेको र जिल्ला रौतहट गौर नगरपालिकाका वडा नम्बर ४ टिकुलिया बस्ने अंदाजि २५ बर्षको भोला साह पक्रउ परेको हो ।
सो सर–सामानहरु र अन्दाजि मूल्य रु १ लाख बरावरको बिआर ३० यक्स २४०७ र बिआर ०५ जेड ७२६८ नम्बरको मोटरसाईकल २ थान गरि जम्मा अंदाजि मुल्य रु. १ एक लाख ७८ हजार आठ सय पचिस बराबरको सर–सामानहरु फेला परेको हो ।
मोटरसाईकलको पार्टहरु, विभिन्न किसिमको लत्ताकपडा तथा किराना सर–सामानहरु, मोटरसाईकलका २ थान र जिल्ला रौतहट गौर नगरपालिकाका वडा नम्बर ४ टिकुलिया बस्ने अंदाजि बर्ष २५ को भोला साह समेतलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता तथा सूचना अधिकारी दिपक कुमार राय बताएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
