
आरके श्रीवास्तव,रौतहट,२३ गते माघ २०८१ ।
रौतहटको फतुवा बिजयपुर नगरपालिकामा एचपिभि खोप अभियान आजदेखि सुरू हुँदैछ । जसकाे लागि सम्पूर्ण तयारी पूरा भएको स्वास्थ्य संयाेजक रमेश प्रसाद यादवले जानकारी गराउनु भएको हाे ।
मंगलबार देशैभरी विश्व क्यान्सर दिवसको अवसर पारेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ‘एचपीभी खोप’अभियान सञ्चालन गरिसकेको छ ।
बसन्त पञ्चमी सरस्वती पुजाकाे कारण एक दिन ढिलाे माघ २३ गते अर्थात् आजदेखि फतुवा बिजयपुर सहित राैतहटकाे १८ वटै पालिकामा याे एचपिभी खाेप अभियान सञ्चालन हुन गईरहेकाे छ ।
फतुवा बिजयपुरमा आज दिउँसो एचपिभी खाेप अभियानकाे उदघाटनसत्र पनि राखिएको संयाेजक यादवले बताएका छन् । स्वास्थ्य संयाेजक यादवका अनुसार फतुवा बिजयपुर नगरपालिका भरिका १० देखि १४ वर्ष मुनिका २ हजार ३ सय ८० किशोरीलाई एचपिभी खाेप दिँदैछ । यसबाट काेही पनि बञ्चित हुन नहुने यादवकाे भनाइ छ ।
लक्ष्यमा ९० प्रतिशत अनिवार्य खोप लगाउनुु पर्ने भएकोले सम्पूर्ण फतुवा बिजयपुर नगरवासी लाई खाेप बाट बञ्चित हुन नदिन सबैलाई सहयोग गर्न आग्रह समेत गरेका छन् । औसतमा प्रत्येक दिन ४ जना महिलाहरुको पाठेघरको मुखको क्यान्सरबाट मृत्य हुने गरेको भन्ने अनुमान गरिएकोले बेलैमा सचेत हुनुपर्ने उनकाे जाेड छ ।
